Above Article Ad
  • मंसिर ४ गते डडेल्धुरामा प्रसिद्ध बडाल जाँत लाग्ने

    Above Article Content Ad
  • डडेल्धुरा-सुदूरपश्चिमको मौलिक संस्कृति, धार्मिक आस्था र परम्पराको पहिचान बोकेको डडेल्धुराको प्रसिद्ध बडाल जाँत आगामी मंसिर ४ गते लाग्ने भएको छ। गन्यापधुरा गाउँपालिका–२ स्थित बडालमा मंसिर ३ गते राति रतेडी र ४ गते दिउँसो मुख्य मेला अर्थात् दिउसेडी आयोजना गरिने भएको छl

    लाटागन्याप देवताको भक्तिस्वरूप चौलो खेलिने बडाल जाँत परम्परागत बाजागाजा, ढालतरबार नाच र धार्मिक विधिका कारण सुदूरपश्चिममै विशेष महत्त्व राख्ने मेलाका रूपमा परिचित छ। मेलामा भोक्कर, देवलका भाला, गुर्जा, खुकुरी तथा तरबार प्रदर्शन गर्दै चौलो खेल्ने परम्परा रहिआएको छ।

    Article inline ad #1
  • शुक्ल नवमीको राति देवताको पूजा गरी जाग्राम बस्ने र भोलिपल्ट बिहान लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ। दाइन, दमाहा, रुइसिंग र भोक्करलगायत परम्परागत बाजाको तालमा ढालतरबार खेल्दै चौलो नाच्ने तथा गाँज नचाउने धार्मिक-सांस्कृतिक परम्परासँगै जाँत सम्पन्न हुने गर्छ

    Article inline ad #2

    बडाल जाँतमा आसपासका विभिन्न गाउँबाट देउरो ल्याउने चलनसमेत छ। कुजाकोट, रुमायल, बडाल र थप्साललगायतका स्थानबाट देउरो ल्याइने भए पनि मुख्य देउरो भने मालीगाउँबाट ल्याउने परम्परा रहेको छ।

    ढालतरबारसहित खेलिने चौलो बडाल जाँतको मुख्य आकर्षण हो। धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै मेलाले स्थानीय उत्पादनको व्यापार र बजारीकरणमा समेत योगदान पुर्‍याउँदै आएको छ। मेलामा स्थानीयस्तरमा उत्पादित हस्तकलाका सामग्री तथा कृषि उपजको किनबेच र साटासाट हुने गरेको गन्यापधुरा गाउँपालिकाले जनाएकाे छ।

    बडाल जाँतले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6