Above Article Ad
  • प्रथम भानु गोल्ड कप : विजेता बन्यो सुदुरपश्चिम नेपाल पुलिस क्लब

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका(५ स्थित न्यु भानु युवा क्लबले आयोजना गरेको जिल्लाकै सर्वाधिक धनराशीको प्रथम भानु गोल्ड कप सम्पन्न भएको छ ।

    शनिबार नेपाल पुलिस क्लब सुदुरपश्चिम प्रदेश र हिमाल फ्रेन्डस् क्लब पुनर्वास(११ बिच भएको फाईनल खेलसँगै प्रथम भानु गोल्ड कप सम्पन्न भएको हो ।

    Article inline ad #1
  • निकै प्रतिस्पर्धाका बीच सम्पन्न भएको खेलमा सुरुवातीको ३० मिनेट जादा नेपाल पुलिस क्लबका जर्सी नम्बर १० खेलाडी रोहित लिगलले गोल प्रहार गर्दै टिमलाई अग्रतामा पु¥याएको थियो । अन्तः नेपाल पुलिसका लागि सोहि गोल निर्णायक बन्दा गोल्ड कपको विजेता समेत बनायो ।

    Article inline ad #2

    विजेता बनेको नेपाल पुलिस सुदुरपश्चिम प्रदेश प्रहरीको टिमले ५ लाख पुरस्कार सहित सानदार टूफी,प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो । भने उपविजेता बनेको हिमाल फ्रेन्डस् क्लब पुनर्वास(११ ले २ लाख ५० हजार पुरस्कार सहित सानदार टूफी,प्रमाणपत्र र मेडलमा चित्त बुझाउनुपरेको थियो ।

    दश हजार बढि दर्शकले भरिभराउ खेलमैदानमा खेलाडीहरुले निकै अनुशासित ढंगबाट खेल प्रदर्शन गर्दा दर्शकहरुमा पनि थप उर्जा थपिदिएको थियो ।

    क्लबका अध्यक्ष पदमबहादुर थापाको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलिया कुमारी राना प्रमुख अतिथीमा हुनुहुन्थ्यो । त्यस्तै, बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाका निर्वतमान नगर प्रमुख जिवनराज थापा,सुदुरपश्चिम फुटबल संघका महासचिव काशीराम बोहरा, कञ्चनपुर जिल्ला फुटबल महासंघका उपाध्यक्ष दाउत तामाङ,सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी गणेश चन्द आसिन रहनुभएको थियो । भने विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

    पुस २६ गतेबाट सुरु भएको प्रतियोगितामा आयोजक सहित कञ्चनपुर र कैलालीका १२ टिमको सहभागिता रहेको उक्त प्रतियोगितालाई पुनर्वास नगरपालिका कार्यालयले प्रथम पुरस्कार ५ लाख र द्धितिय पुरस्कार स्वर्गीय प्रकाश दाहाल फाउण्डेसन काठमाडौंले २ लाख ५० हजार सहयोग गरेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by