Above Article Ad
  • कञ्चनपुरमा आरक्षपीडितको प्रशासन अगाडि अनिश्चितकालीन धर्ना सुरु

    Above Article Content Ad
  • धनगढी -कञ्चनपुर आइतबार राति ११ बजे महेन्द्रनगर पुगेका दुई सयभन्दा बढी आरक्षपीडित परिवारले जिल्ला प्रशासन कार्यालय अगाडि पाल टाँगेर पुनर्स्थापनाको मागसहित धर्ना सुरु गरेका छन्।

    कृष्णपुर नगरपालिकास्थित शंकर सामुदायिक वनमा टहरा बनाएर बसेका उनीहरूलाई सामुदायिक वन र प्रशासनले हटाएपछि उनीहरू महेन्द्रनगर आएका थिए। दुई दशकदेखि सरकारले आरक्षपीडितहरुलाई पुनर्स्थापना गर्ने झुटा आश्वासन दिँदा कष्टकर जीवनयापन गर्दै आएका उनीहरूले प्रशासन अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेको बताएका छन्।

    Article inline ad #1
  • आरक्षपीडितहरुले त्रिपाल, कपडा, खाद्य सामग्री बोकेर अस्थायी टहरा बनाएर सडक किनारमा रात–दिन धर्ना बसेका छन्। आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले विगतका सरकारले पटक–पटक आश्वासन दिँदा पनि समस्या भने ज्यूँका त्युँ रहेको बताए।

    Article inline ad #2

    उनीहरूको मुख्य माग आफ्नो विगतको बसोबासमा पुनर्स्थापना गर्नु र वर्तमान सरकारले न्यायसंगत पुनर्स्थापना प्रक्रिया अघि बढाउनु हो। आरक्षपीडित अमृता नेपालीले परिवारको जीविकोपार्जनका लागि तीन छोराले भारतमा मजदुरी गर्नुपरेको र नेपाल सरकारले मागप्रति बेवास्ता गर्दै आएको बताइन्।

    जिल्लामा हाल २४७३ परिवार विस्थापित छन्। दुई सयभन्दा बढी परिवार महेन्द्रनगर पुगेका छन् भने बाँकी अन्य स्थानमा कठिन जीवनयापनमा छन्। सरकारको बेवास्ताप्रति नाराज आरक्षपीडितहरूले अब कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by