Above Article Ad
  • कैलालीमा चरेस र खैरो हेरोईनसहित ४ जना पक्राउ

    Above Article Content Ad
  • धनगढी- कैलालीमा चरेस र खैरो हेरोईनसहित ४ जना पक्राउ परेका छन्।

    कैलालीको कैलारी गाउँपालिका–५ बड्कीपलियाबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ८० मिलिग्राम र चरेस ५ ग्राम ९ सय ९० मिलिग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय आशाराम चौधरी र २५ वर्षीय अरमान चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले दुबै जनालाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।

    Article inline ad #1
  • यसैगरी कैलारी गाउँपालिका–५ बड्कीपलियाबाटै  खैरो हेरोईन ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय निराजन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको बताएको छ।

    Article inline ad #2

    यसैगरी, लम्कीचुहा नगरपालिका–८ मालभंगाबाट अवैध लागूऔषध खैरो हेरोईन ६६० मिलिग्रामसहित सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। किशोरलाई गोप्य सूचनाको अधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6