Above Article Ad
  • कैलाली आइरहेको ईभी हाइसमा आगलागी, चालक र सहचालक सकुशल

    Above Article Content Ad
  • Article inline ad #1
  • कोहलपुरबाट कैलालीको धनगढीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको भाडाको फोटोन ईभी हाइसमा आइतबार बिहान आगलागी भएको हो।

    Article inline ad #2

    जिल्लाको बारबर्दिया नगरपालिका–७, रम्मापुरस्थित ५ नम्बर चोक नजिक महेन्द्र राजमार्गमा गुडिरहेको अवस्थामा हाइसमा एक्कासि आगो लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी)रेशम बोहराले जानकारी दिए।

    प्रहरीका अनुसार आगलागी हुँदा हाइसमा चालक र सहचालक मात्रै थिए। कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका ३८ वर्षीय नरेन्द्र नेगीले हाइस चलाइरहेका थिए। यात्रु नरहेका कारण मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

    आगलागीबाट हाइसमा रहेका सवारीसाधनका कागजात तथा नगद ४२ हजार रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
    घटनालगत्तै पुगेको प्रहरी टोली र ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको डीएसपी बोहराले बताए।

    आगलागीका कारण महेन्द्र राजमार्गको सवारी आवागमनमा भने कुनै अवरोध नपुगेको प्रहरीले जनाएको छ।
    हाल राजमार्गमा सवारी आवागमन नियमित रूपमा सञ्चालन भइरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6