
एसइई २०८२ को नतिजा एसएमएसदेखि वेबसाइटसम्मबाट हेर्न सकिने
Above Article Content Ad
भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ।
एसएमएस र आईभीआर सेवा
एसएमएस तथा फोन कलमार्फत नतिजा बुझ्न चाहने परीक्षार्थीहरूका लागि विभिन्न सेवा प्रदायक तोकिएका छन्। नेपाल टेलिकमको १६०० मा डायल गरेर वा एसएमएसमार्फत नतिजा थाहा पाउन सकिनेछ। त्यसैगरी, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
Article inline ad #1
वेबसाइटबाट नतिजा र मार्कसिट
विस्तृत विवरण तथा मार्कसिट हेर्न र डाउनलोड गर्न सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिइएको छ। परीक्षार्थीहरूले बोर्डका आधिकारिक वेबसाइट see.gov.np र neb.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।
Article inline ad #2

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























