Above Article Ad
  • भारतको ८०औँ स्वतन्त्रता दिवसमा पुनर्वासका विद्यार्थीलाई कापी–कलम वितरण

    Above Article Content Ad
  • कञ्चनपुर-नेपाल भारत मैत्री संघले भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा विद्यार्थीलाई कापी वितरण गरेको छ।

    शनिबार एक भव्य कार्यक्रमका बीच नेपाल-भारत मैत्री  संघद्वारा कक्षा ९ र १० मा अध्ययनरत पुनर्वासका ६ वटा विद्यालयका विद्यार्थीहरूलाई कापी र कलम वितरण गरिएको हो।

    Article inline ad #1
  • नेपाल-भारत मैत्री संघ उपशाखा पुनर्वासका अध्यक्ष विश्वनाथ  बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा  पूर्व राष्ट्रिय सभा सदस्य इन्दु कडरिया,पुनर्वास उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार रायमाझी, इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी वरिष्ठ नायव निरीक्षक कैलाश मल्ल, पुनर्वास रेडक्रस सोसाइटीका सचिव रुपेश खरेल हुनुहुन्थ्यो।

    Article inline ad #2

     

    नेपाल-भारत मैत्री संघ उपशाखाका अध्यक्ष विश्वनाथ बिष्टले स्वतन्त्रता दिवसको अवसरमा केन्द्रीय कार्यालयबाट उपलब्ध गराइएको २ सय थान कापी पुनर्वास नगरपालिका-२ स्थित सरस्वती माध्यमिक विद्यालय, पुनर्वास नगरपालिका-१० स्थित विजय माध्यमिक विद्यालय, पुनर्वास नगरपालिका-१ स्थित रामबुद्ध माध्यमिक विद्यालय, पुनर्वास नगरपालिका-९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय र पुनर्वास नगरपालिका- १ स्थित शान्ति माध्यमिक विद्यालयका विद्यार्थीलाई वितरण गरिएको बताउनुभयो ।

    प्रत्येक विद्यार्थीलाई ६ थान कापी र कलम उपलब्ध गराइएको र यसअघि पनि दुई–तीन वर्षदेखि झोला कापी लगायतका शैक्षिक सामग्री वितरण गर्दै आएको उहाँको भनाई थियो ।

    पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा  आयोजित सो कार्यक्रमको सञ्चालन नेपाल-भारत मैत्री  संघ  उपशाखा पुनर्वासका सचिव नवीन तिमिल्सनाले  गर्नुभएको थियोे ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6