
महिला दिवशको अवसरमा फुलबारीकी संजिता मगर सम्मानित
धनगढी : महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ १ सय १४ औ महिला दिवसको अवसर पारेर धनगढी उपमहानगरपालिकाले उधमी महिलाहरुलाई सम्मान गरेको छ । पालिका भित्र विभिन्न क्षेत्रमा आफुलाई सफल बनाउदै, अरुको लागि रोजगारी सिर्जना गरेको भन्दै पालिकाले उहाँहरुलाई सम्मान गरेको हो ।
यसै क्रममा धनगढी १४ स्याउले बजार फुलबारी निवसी संजिता मगरलाई समेत सम्मान गरिएको छ । बिगत ३बर्ष देखि धनगढी – १४ मा उहाँले चप्पल उधोग संचालन गर्नु भएको छ । जसमा हाल दैनिक ४-५ जना कर्मचारी कार्यरत रहेको उहाले बताउनुभयो । सिजनमा अन्य कामदार हरु समेत थप आवश्यक पर्ने उहाँ बताउनुहुन्छ । सानो लगानीबाट सुरु गरेको उधोग बाट आफुले मनग्य आम्दानी गरिरहेको उहाले बताउनु भयो ।यस्तै, उहाले उधोग खोल्नु अगि आफू बिदेश गएको र त्यहा महिलाले भोग्नु परेको समस्या, चुनौती र संघर्षबाट आफुले केही नेपालमै गर्छु भन्ने अटोठका साथ नेपाल आएर उधोग स्थापना गरेको बताउनुभयो । सुरुवाती चरण कष्टकर भएपनी अहिले उधोग संगसगै पसल पनि संचालनमा रहेको उहाले बताउनुभयो । हिजोको समय भन्दा आजभोली म आफै पनि अरुको लागि प्रेरणाको स्रोतको रुपमा उभिन सफल भएको र पालिकाले आफुलाई उधमी महिला भनेर सम्मन गरेकोमा खुशी व्यक्त गर्नु भयो ।