Above Article Ad
  • कञ्चनपुरको पुनर्वास श्री निवास दिव्या धाममा सञ्चालित महाअनुष्ठानको आय–व्यय सार्वजनिक

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका–८ क गाउँ स्थित श्री निवास दिव्या धाममा सञ्चालित १०८ श्रीमद्भागवत सप्ताह पारायण महाअनुष्ठानको आय–व्यय सार्वजनिक गरिएको छ।

    आइतबार एक कार्यक्रमका बीच आयोजित पत्रकार सम्मेलन मार्फत श्री निवास दिव्याधाम महाअनुष्ठानको आय–व्यय विवरण सार्वजनिक गरिएको हो।

    Article inline ad #1
  • श्री निवास दिव्याधाम समितिका कोषाध्यक्ष शिव प्रसाद घिमिरेले महायज्ञबाट २ करोड ४२ लाख ३१ हजार ५ सय ३ रुपैयाँ आम्दानी भएको जानकारी दिए ।

    Article inline ad #2

    आम्दानी अनुसार खर्च पनि सार्वजनिक गरिएको थियो
    आय व्यय प्रस्तुत गर्दै समितिका कोषाध्यक्ष शिवप्रसाद घिमिरेले अनुष्ठानमा ९० लाख १७ हजार ४ सय ३६ रुपैया ठेलीबाट आम्दानी भएको जानकारी दिनुभयो।

    यस्तै स्वामीजी सष्टाङ्ग मार्फत ७ लाख ७४ हजार १ सय रूपैयाँ आम्दानी भएको र दान पात्रमा ४ लाख ६९ हजार ३७५ रुपैया जम्मा भएको बताउनुभयो। यस्तै विविधतर्फ धान बिक्री कपडा र चामल बिक्री मार्फत ४ लाख ९२ हजार ५ सय २५ आम्दानी भएको जानकारी दिनुभयो ।  यस्तै सो अवधिमा काम भइसकेको र भुक्तानी दिनुपर्ने बाँकी ५५ लाख ८० हजार २ सय १२ रुपैया रहेको जानकारी दिँदै तिर्नुपर्ने ऋण सापटी ३३ लाख ९७ हजार १ सय ४४ रुपैयाँ रहेको जानकारी दिनुभयो

    कार्यक्रममा धार्मिक अनुष्ठान सफल बनाउन सहयोग गर्ने दाताहरू, भक्तजन तथा स्थानीयवासीप्रति आयोजकले आभार व्यक्त गरेका थिए।

    कार्यक्रममा वक्ताहरूले धार्मिक तथा सामाजिक कार्यमा पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै आय–व्यय सार्वजनिक गर्ने कार्यले समुदायमा विश्वास बढ्ने बताएका थिए। साथै धार्मिक गतिविधिहरूले समाजमा सद्भाव, नैतिकता र आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिएको थियो।

    पुनर्वास नगरपालिका–८ का वडाध्यक्ष राना श्रवणले श्री निवास दिव्याधाम निर्माणका लागि आर्थिक सहयोग गर्ने जानकारी दिनुभएको छ।महाअनुष्ठान गत माघ २३ गतेदेखि फागुन १६ गतेसम्म सञ्चालन भएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6