Above Article Ad
  • बेलौरीमा सर्वाधिक धनराशीको संयुक्त वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु 

    Above Article Content Ad
  • बेलौरी। कञ्चनपुरको बेलौरी नगरपलिका वडा नम्बर १ र २ को संयुक्त आयोजनामा सर्वाधिक धनराशी भएको वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता समुद्उद्घाटन भएको छ।

    सोमबार सुरु भएको प्रतियोगितामा संयुक्त वडा अध्यक्ष खुल्ला फुटबल प्रतियोगिता सञ्चालन समितिका अध्यक्ष उपेन्द्र शाही, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, विशिष्ट अतिथिमा बेलौरी नगरखेलकुद समितीका अध्यक्ष रामेश्वर न्यौपाने,अतिथिमा बेलौरी नगरपालिका वडा  नम्बर १का वडाध्यक्ष धान बहादुर विष्ट,वडा नम्बर २ का वडाध्यक्ष कलबिर चौधरी, सशस्त्र प्रहरी बल प्रस्ताविक गुल्मका गुल्मपति सन्दिप अर्याल,इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक देव बहादुर बुडाल,लक्ष्मी माध्यामिक विद्यालय जबदियाका प्रधानाध्यापक वीरेन्द्र सिंह भण्डारी लगायत वडा सदस्य खेलकुदप्रेमी, बुद्धिजीवी समाजसेवीको उपस्थिति रहेको थियो।

    Article inline ad #1
  • कार्यक्रममा स्वागत मन्तब्य बेलौरी नगरपालिका वडा नम्बर २ वडाध्यक्ष कलविर चौधरीले कार्यक्रम सभ्यभव्य तरिकाले सम्पन्न गर्न आग्रह गर्नुभएको छ। कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि बेलौरी नगरखेलकुद समितिका अध्यक्ष न्यौपानेले प्रतियोगितालाई अनुसासित र मर्यादित गरी सञ्चालन गर्नमा सबैले सहयोग गरी सम्पन्न गर्न शुभकामना दिनुभएको छ।

    Article inline ad #2

    कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले बेलौरी नगरपालिकाले खेलकुदका लागि आवश्यक बजेट विनियोजित गरेको बताउँदै आगामी दिनमा बेलौरीमा खेलाडी उत्पादन गर्ने गरी अगाडि बढाउने बताउनुभयो।प्रतियोगितामा प्रथम हुने टीमले नगद २ लाख २२ हजार २ सय २२रुपैयाँ आकर्षक ट्रफी,मेडल प्रमाण पत्र, द्वितीय पुरस्कार १ लाख‌ ६१ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल, प्रमाणपत्र र उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार,सर्वाधिक गोलकर्तालाई नगद रु ३ हजार ५ सय,बेस्ट डिफेन्डर रु ३ हजार ५ सय,उत्कृष्ट गोलरक्षकलाई नगद ३ हजार ५ सय,रेसिङ खेलाडीलाई नगद रू ३ हजार ५ सय,म्यान अफ द म्याच रु १ हजार १ सय पुरस्कार राखिएको छ।

    प्रतियोगितामा २१वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।खेलकुद प्रतियोगितामा वडा नम्बर २ स्थित गोकलपुरमा रहेको खुला मञ्च सञ्चालन हुने समेत आयोजकले जनाएको छ। समुदघाटन भेट्रान खेल बेलौरी नगरपालिकाका कर्मचारी र बेलौरी नगरपालिका वडा नम्बर १ र २ का खेलाडी बीच भएको खेलमा बेलौरी नगरपालिकाले १गोलका विरुद्ध ४ गोल गर्दै विजयी भएको थियो।

    आज सम्पन्न पहिलो खेलमा बेलौरी नगर पालिका वडा नम्बर १र वडा नम्बर २ वडा नम्बर २ १गोल गर्दै जीत निकालेको छ। कार्यक्रम सञ्चालन बेलौरी नगरपालिका वडा नम्बर १ खेलकुद विकास समितिका सचिव गजेन्द्र पन्तले गर्नुभएको थियो।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by