Above Article Ad
  • कञ्चनपुर कारागारका अझै १९३ कैदीबन्दी फरार

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुर कारागारबाट १८ भारतीय कैदी बन्दीसहित अझै १९३ कैदीबन्दी फरार रहेका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट निस्किएका साढे चार सय कैदी बन्दी मध्ये अझै १९३ कैदी बन्दी भने फरार रहेका छन् ।

    यसैगरी, बुधबार दिउँसो सम्म २७५ कैदीबन्दी इमानदारिता पूर्वक कारागारमा आफैँ फिर्ता भएका कञ्चनपुर कारागारका निमित्त जेलर रामदत्त जोशीले बताए। उनले अनुसार २४ जना कैदीलाई प्रहरीको टोलीले जिल्लाका विभिन्न क्षेत्रबाट पक्राउ गरेर ल्याएको हो।

    Article inline ad #1
  • कञ्चनपुर कारागारमा ४७९ कैदीबन्दी रहेका थिए। जसमध्ये बुधवारसम्म पाँच कैदी कैद भुक्तान गरेर घर फर्किएका छन्। आन्दोलनका कारण कारागारबाट निस्केका पाँच कैदीहरू कारागार फर्किएर कैद भुक्तान गरी घर गएका निमित्त जेलर जोशीले बताए।

    Article inline ad #2

    कारागारबाट निस्किएका भारतीय कैदीहरू भने सम्पर्क बाहिर रहेको कारागार प्रशासनले जनाएको छ। कारागारको सम्पर्कमा रहेका १० भारतीय कैदीबन्दीहरू कारागार फिर्ता भएका छन् भने १८ भारतीय कैदी बन्दी अझै फरार रहेको निमित्त जेलर जोशीले बताए। फरार रहेका भारतीय कैदी बन्दी मध्ये कर्तव्य ज्यान, जबरजस्ती करणी र चोरी मुद्दाका रहेका छन्।

    यसैगरी कञ्चनपुर कारागारमा २६ महिला कैदीबन्दी रहेकोमा १४ जना फर्किएका छन् भने १२ महिला कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ। फरार रहेका कैदी बन्दीहरूलाई फिर्ता बोलाउने कार्य भइरहेको निमित्त जेलर जोशीले बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by