
कैलालीमा २ लाख ६४ हजारभन्दा बढी मूल्यका सामान बरामद
Above Article Content Ad
धनगढी-प्रहरीले कैलालीको विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब २ लाख ६४ हजार ९ सय मूल्य बराबरका सामान नियन्त्रणमा लिएको छ।
बुधबार धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट, वडा नम्बर ९ त्रिवेणीघाट, भजनी नगरपालिका–९ झोलुङ्गे पुल नजिक तथा कैलारी गाउँपालिका–५ पबेरा र गोबरैलाबाट भारतबाट अवैध रूपमा ल्याइएका सामान बेवारिसे अवस्थामा फेला बरामद गरिएको प्रहरीले जनाएको छ।
Article inline ad #1
बरामद सामानमा पेय पदार्थ, बिडी, सुर्ती, मसला, हेण्ड पम्प, बल–वासर, वासर, लसुन, माछा तथा एक थान मोटरसाइकल लगायतका सामग्री रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























