Above Article Ad
  • प्रहरी निरीक्षक कार्कीले सम्हाले पुनर्वासको सुरक्षा जिम्मेवारी

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिकाको सिङ्गो र लालझाडी गाउँपालिकाको केही क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा नवआगन्तुक प्रहरी प्रमुखले जिम्मेवारी सम्हालेका छन्।

    शुक्रबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आयोजना गरेको फेरि भेटौँला कार्यक्रममा प्रहरी निरीक्षक महेशविक्रम शाहीको विदाई गरिएसँगै नव आगन्तुक प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले सुरक्षाको जिम्मेवारी सम्हालेका हुन्।

    Article inline ad #1
  • अहिलेसम्म अपराध नियन्त्रण र अनुसन्धानमा पोख्त मानिएका प्रहरी निरीक्षक कार्कीको नेतृत्वसँगै यस क्षेत्रकाे समग्र शान्ति सुरक्षाको विषयमा जनप्रतिनिधि र स्थानीयहरूले  खुल्दुली देखाएका छन् ।

    Article inline ad #2

    इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीलाई पुनर्वासका ११ वडा र लालझाडीका २  वडाको सुरक्षाको जिम्मेवारी छ । जसमध्ये पुनर्वासका ७ वटा वडा भारतीय सीमासँग जोडिएका छन् ।  भारतसँग सीमा जोडिएका कारण पनि यस क्षेत्रमा हुने अपराधका घटना नियन्त्रणमा प्रहरीलाई निकै चुनौतीपूर्ण छ  ।

    तर समुदाय स्तरमा अबको प्रहरीको भूमिका के कस्तो रहला त्यस विषयमा भने प्रहरी निरीक्षक कार्कीको कमाण्डको नतिजामा स्थानीयहरू आशामुखी छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by