Above Article Ad
  • काठमाडौँमा युवकको हत्या कैलालीका दुई सहित तीन जना पक्राउ

    Above Article Content Ad
  • काठमाडौँ -कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक गुल्मीका २२ वर्षीय विपिन घिमिरेको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

    बुधबार धारिलो हतियार प्रयोग गरी घिमिरेको हत्या गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा अछाम साँफेबगर नगरपालिका–४ का २५ वर्षीय महेन्द्र शाह, कैलाली घर भई कीर्तिपुर पाँगामा बस्दै आएका २३ वर्षीय रवीन्द्र धामी र कैलालीको घोडाघोडी नगरपालिका घर भई कीर्तिपुर–८ सिनेमाहल क्षेत्रमा बस्दै आएका २२ वर्षीय रोशन बिष्ट रहेका छन्।

    Article inline ad #1
  • प्रहरी वृत्त कीर्तिपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6