Above Article Ad
  • बेङ्गलोरमा ग्यास ब्लास्टमा ज्यान गुमाएका परिवारका छोराछोरीलाई नेपाल लाइफको बीमा पोलिसी उपहार

    ११ लाख ६२ हजार ५०० को मृत्यु दाबी रकम भुक्तानी

    Above Article Content Ad
  • पुनर्वास पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको पाइएको छ । त्यस्ता अवसरमा होटेल तथा रेस्टुरेन्टहरुमा गई खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको देखिए पनि पुनर्वास १ हिरापुरमा भने पोलिसी उपहार दिने नयाँ प्रचलन देख्न पाइएको छ । लामो समय देखि रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा बसोबास गर्दै आएका तिरुवा परिवारको ग्यास सिलिन्डर पड्केर गत पुस २ गते ५ जना घाइते भएका थिए । घाइतेको उपचारार्थ नेपाल र भारतको विभिन्न ठाउँबाट आर्थिक संकलन अभियान संचालन गरिएको थियो । आर्थिक संकलन अभियान अन्तर्गत भारतका विभिन्न ठाउँहरुबाट संकलित भएको रकम उपचार गर्न खर्च गरिए पनि अखिल प्रवासी संघ मुम्बई बाट अरुण कुमार बाब्ली र रुप बि.क. र त्यसै गरि नेपालबाट प्रेम बहादुर बि.क. र पारस बि.क.को संयोजकत्वमा २ लाख ५ हजार संकलित रकम हस्तान्तरण गर्नु पुर्व घाइतेको निधन भएकाले उक्त रकम मध्ये ५ हजार घाइतेका परिवारलाइ हस्तान्तरण गरिएको र बाकी रहेको २ लाखको मृत्यु भएका अभिभावकका ४ जना छोराछोरी रिधी, वविता, राहुल र रोहित तिरुवाको सन्ताउन्न हजारका दरले केटाकेटी सुनौलो भबिस्य जीवन बिमा गरि आज फाइल हस्तान्तरण गरिएको हो ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय बेलौरी बाट ५७ हजार रुपैयाँ बराबर बीमाङ्कको केटाकेटी सुनौलो भबिस्य जीवन बिमा पोलिसि उपहार दिइएको हो । केटाकेटिको उज्ज्वल भविष्यका तथा शिक्षाका लागि भन्दै ५७ हजार बराबर बिमाङ्क बीमा पोलिसि उपहार दिइएको हो । यदि त्यस्तो नगरी नगद नै परिवारलाई हस्तान्तरण गर्दा उक्त रकमको सहि सदुपयोग नहुने देखिएकाले बिमा गरि दिनु पर्छ भन्ने सोच आएको रकम संकलन संयोजक प्रेम बहादुर बि.क.ले जानकारी दिनु भयो । घरको आर्थिक अवस्था राम्रो नभएकाले हरेक बर्ष बिमाको किस्ता तिर्न नसक्ने र नगद प्राप्त भए घर व्यवहार त्यही रकम बाट गर्न सक्ने देखिएकाले संकलन गरिएको रकम को ४ वटा बच्चाहरु समान एकल किस्ता वाला बिमा गरिएको अर्का संयोजक पारस बि.क.ले जानकारी दिनु भयो ।११ लाख ६२ हजार ५०० को मृत्यु दाबी रकम भुक्तानी :

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नौलो सुरक्षित जीवन बीमा अन्तर्गतको मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले कालगतिका कारण मृत्यु भएका बेलडाँडि गाउँपालिका वडा नं. ५ झिलमिलाका शंकर राज चिमाडीकि धर्मपत्नी नन्दा देवि चिमाडी लाई बीमा गरे वापतको ११ लाख ६२ हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो । नियमित बचतका संगै खतरा पनि समेटिने भएकाले चिमाडीले २०७८/०६/२४ गते कम्पनीबाट नौलो सुरक्षित जीवन बीमा (अर्ध वार्षिक) १० लाखको बिमा गराएका थिए । दुई वर्ष छ महिना पछि उनको दुःखद मृत्यु भएपछि कम्पनीले उनको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । नौलो सुरक्षित जीवन बीमा अन्तर्गत उनकी श्रीमतीले सो रकम बुझेकी हुन् ।कम्पनीका बेलौरी उप–शाखाका प्रमुख यज्ञ प्रसाद श्रेष्ठले मृतक चिमाडीकी श्रीमती नन्दा देवि चिमाडी लाई ११ लाख ६२ हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बीमा रकम बुझेपछि बीमाको आवश्यकता र महत्व राम्रोसँग बोध भएको, श्रीमानले बिमा गर्दा आज बिमा कम्पनीले यत्रो रकम दिदाँ बीमा कम्पनी र मृत्यु दावि रकम भुक्तानीमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरिन् । साथै, उनले सो रकमले आर्थिक भार थेग्न सहयोग पुग्ने बताउदै भुक्तानी स्वरुप पाएको केही रकमबाट पुन आफ्नो नामको सुनौलो भविस्य जीवन बीमा (एकल किस्ता) बिमा समेत गराएकी छिन । मृत्यु दाबी भुक्तानी कार्यक्रममा बेलौरी उप–शाखा प्रमुख यज्ञ प्रसाद श्रेष्ठ, एजेन्सी म्यानेजर सन्तोष सुनार, लक्ष्मि बिष्ट, राजेन्द्र भट्ट, नन्दा देवि चिमाडीका साथै चिमाडीका आफन्तको उपस्थिती रहेको थियो ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button