
कञ्चनपुर १ मा लोकतान्त्रिक -बाम गठबन्धनको प्रचारप्रसार तिब्र बनाईदै
पुनर्वास – प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पद आसन्न निर्वाचनलाई मध्यनजर गर्दै लोकतान्त्रिक बाम गठबन्धनले कञ्चनपुर १ मा चुनावी अभियान तिब्र बनाएका छन् ।
निर्वाचनमा सर्वाधिक मतान्तरले आफ्ना उम्मेदवारहरुलाई बिजयी गराउन गठबन्धनले आफ्ना संगठनका तल्ला समितिलाई ब्यबस्थित बनाउने अभियान सुरु गरेको हो ।
लोकतान्त्रिक बाम गठबन्धन प्रतिगमन र निरंकुशता बिरुद्ध बनेको र देशलाई अग्रगमन र दिगो सरकार निर्माणका लागि आजको आबश्यकता भएको गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार एवं माओवादी केन्द्रकी केन्द्रिय सदस्य पुर्व मन्त्री बिना मगरले बताइन् । देशलाई स्थायित्व , लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि बनेको यो लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदानका लागि मतदाताहरुसंग जान भेलामा सहभागी संयुक्त कार्यकर्तालाई निर्देशन दिइन ।
निर्वाचन क्षेत्रका विभिन्न स्थानमा निर्वाचन परिचालनका लागि संयुक्त सम्पर्क कार्यालय उद्घाटनका क्रममा बेलौरी नगरपालिका १ स्थित उबियाफाँटामा आयोजित कार्यक्रममा प्रदेशसभा २ का प्रदेशसभा सदस्य पदका उम्मेदवार एवं संविधानसभा सदस्य दिवानसिंह बिष्टले भने -०७४ को निर्वाचनबाट दुई तिहाईको बहुमत पाएर सरकारको नेतृतब गर्ने अबसर पाएका बेला सत्तासाझेदार दलका नेताहरुलाई समेत मान मर्दन गरि संसद विघटन गरि लोकतन्त्रनै मास्ने काम नगरेको भए आज यो गाठबन्धन बन्ने थिएन । देशको संविधान , नागरिक अधिकार र लोकतन्त्रको रक्षाका लागि परिवर्तनकारी शक्तिहरु बिच गठबन्धन भएको काँग्रेस नेता बिष्टले बताए । राष्ट्र र लोकतन्त्रका लागि बनेको लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुका पक्षमा जनमत सृजना गराउन खट्न काँग्रेस नेता बिष्टले संयुक्त कार्यकर्ता भेलामा कार्यकर्ताहरुलाई निर्देशन दिए ।
लोकतान्त्रिक गठबन्धनले बिहीबार कञ्चनपुर को प्रदेश सभा २ अन्तरगतका विभिन्न स्थानहरुमा आयोजित कार्यक्रम हरुमा माओवादी केन्द्रकी केन्द्रिय सदस्य बिना मगर र नेपाली काँग्रेसका नेता दिवानसिंह बिष्टले नेतृत्व गरेका थिए ।
यसै गरि निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ अन्तर्गत लालझाडी गाउँपालिका र पुनर्वासमा समेत गठबन्धनका कार्यकर्ताहरुको संयुक्त भेला गरिएका थिए । प्रदेश १ को लालझाडी का ३ र ४ नम्बर वडामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार बन्धु राना खटेका थिए ।