Above Article Ad
  • कञ्चन पब्लिक स्कुलद्वारा ९औँ नृत्य प्रतियोगिता आयोजना हुँदै

    Above Article Content Ad
  • कञ्चनपुर – कंचनपुरको दक्षिण भेग पुनर्बास ११ स्थित कन्चन पब्लिक स्कुलमा सधैंझैं यस वर्ष पनि कञ्चन पब्लिक स्कुलले ९औँ नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ।

    विद्यालयले सांस्कृतिक प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।
    प्रतियोगिता २०८२ साल माघ १० गते बिहान १०:०० बजे पुनर्बास नगरपालिका–११, कञ्चनपुरमा आयोजना हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थी तथा समूहहरूले २०८२ साल माघ ९ गते साँझ ५:०० बजेसम्म दर्ता गरिसक्नुपर्ने विद्यालयले जानकारी दिएको छ।

    Article inline ad #1
  • कार्यक्रमबारे जानकारी दिँदै विद्यालयका संस्थापक सुरेश अधिकारीले भन्नुभयो,

    Article inline ad #2

    “नृत्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो विद्यार्थीभित्रको सिर्जनात्मकता, आत्मविश्वास र अनुशासन विकास गर्ने महत्वपूर्ण कला हो। यस प्रतियोगितामार्फत बालबालिकाको लुकेको प्रतिभा उजागर गर्ने हाम्रो लक्ष्य रहेको छ।”

    पुनर्बास क्षेत्रमै हाम्रो विद्यालयले मात्र यस्ता सांस्कृतिक तथा विद्यार्थीहरूको प्रतिभा झल्काउने कार्यक्रम निरन्तर रूपमा आयोजना गर्दै आएको कञ्चन पब्लिक स्कुलकी प्रधानाध्यापक आरती बिष्ट अधिकारीले बताउनुभयो।

    उहाँले भन्नुभयो,“विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा पहिचान गरी उनीहरूलाई सिर्जनात्मक रूपमा अघि बढाउने उद्देश्यले हाम्रो विद्यालयले यस्ता सांस्कृतिक गतिविधिलाई प्राथमिकतामा राख्दै आएको छ।”

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6