Above Article Ad
  • बेलौरीमा दशै,दिपावली साँस्कृतिक कार्यक्रम आयोजना हुने

    Above Article Content Ad
  • हिक्मत कुमार शाही कञ्चनपुर,०३ असोज । कञ्चनपुरको बेलौरीमा विजया दशमी तथा शुभ दिपावली बिशेष साँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम २०७९ हुने भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ०४ को आयोजना र पुर्व बिद्यार्थि समाज शान्तिपुरको सह आयोजनामा यहि असोज १५ र १६ गते श्री शान्ति माध्यमिक बिद्यालय शान्तिपुरमा विजया दशमी तथा शुभ दिपावली बिशेष साँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम २०७९ हुने भएको हो । साँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम २०७९ लाई सम्पुर्ण ब्यावस्थापन र सफल बनाउनका लागी सोमबार विभिन्न समिति गठन तथा कामको बाँडफाँड समेत गरिएको छ । मुल समितिको संयोजकमा रुद्ध प्रसाद अधिकारी,उप संयोजकमा राजेन्द्र भट्ट चयन हुनुभएको छ । सदस्यमा बाल कुमार पोखरेल,धनसरी सुवेदी,डम्बर बहादुर चौधरी,जितेन्द्रराज थपलिया,धन बहादुर रावल,रितु गैरे,कमल ढकाल,साबित्री अर्याल र शिसिर चापाँगाईलाई चयन गरिएको छ । यस्तै सल्लाहकार समितीमा पदमपानि ढकाल,प्रेम बहादुर थापा,लक्ष्मण खरेल,उमा भण्डारी र शिवराज राना चयन हुनुभएको छ ।
    कार्यक्रमको आर्कषकका रुपमा चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी, चर्चित लोक तथा देउडा गाएक लाल बहादुर धामी (अछामी बड्डो) गायिका समिक्षा चौधरी, गायक नवराज कलौनी,मोडल सुरज रावल र स्थानिय हास्यब्यंग्य कलाकार तिर्थराज जोशीकोे बिशेष प्रस्तुती रहनुका साथै श्री शान्ति मा.बि. शान्तिपुरका बिद्यार्थिहरुले पनि आफना सांगितिक प्रस्तुतीहरु प्रस्तुत गर्ने बिद्यालयका प्रधानाध्यापक प्रेम बहादुर थापाले बताउनुभयो । कार्यक्रमको पहिलो चरणमा वडा कार्यालयको तर्फबाट शुभकामना आदान प्रदान र बेलौरी नगरपालिका वडा नम्बर ०४ का जेष्ठ नागरिकहरुलाई सम्मान गरिने र दोस्रो चरणमा पुर्व बिद्यार्थि समाज शान्तिपुरले साँस्कृतिक कार्यक्रमलाई सञ्चालन गर्नुका साथै बेलौरी नगरपालिका वडा नम्बर ०१ देखी १० सम्मका वडा अध्यक्षहरुलाई सम्मान गर्ने गरी कार्यक्रमको आयोजना हुने बेलौरी नगरपालिका वडा नम्बर ०४ का वडा अध्यक्ष अर्जुन ढकालले बताउनुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button