
ड्युटी सकेर फर्किने क्रममा लड्दा प्रहरी जवानको मृत्यु
Above Article Content Ad
दार्चुला-दार्चुलास्थित अस्थायी प्रहरी चौकी होपरीगाडमा कार्यरत एक प्रहरी जवानको दुःखद निधन भएको छ।
बैतडी घर भएका प्रहरी जवान खेमराज भट्ट मंगलबार राति ड्युटी सकेर चौकीतर्फ फर्किने क्रममा लडेर घट्टकुलोमा खसेपछि गम्भीर घाइते भएका थिए। घटनालगत्तै उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याइएको थियो।
Article inline ad #1
अस्पतालमा उपचारका क्रममा चिकित्सकले भट्टलाई मृत घोषणा गरेका हुन्। कर्तव्य निर्वाहकै क्रममा भएको उक्त घटनाले प्रहरी संगठनसँगै स्थानीय समुदायलाई समेत स्तब्ध बनाएको छ।घटनाप्रति प्रहरी संगठनले गहिरो दुःख व्यक्त गरेको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















