Above Article Ad
  • पुनर्वासमा १३औं प्याब्सन फेस्टिवल सुरु

    Above Article Content Ad
  • पुनर्वास -पुनर्वास नगर प्याब्सनको आयोजनामा प्याब्सन नगरस्तरीय १३ औँ प्याब्सन फेस्टिवल २०८२को शुक्रबार औपचारिक उद्घाटनभव्य रूपमा शुभारम्भ भएको छ।

    कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तर्गत आईबीआरडी बजार नजिकै अवस्थित ६५ बिगाहामा रहेको कालिका युवा क्लबको खेल मैदानमा आयोजित उद्घाटन समारोहमा शिक्षा, संस्कृति र खेलकुदको उत्सवमय वातावरण देखिएको थियो।

    Article inline ad #1
  • उद्घाटन कार्यक्रम पुनर्वास नगर प्याब्सनका अध्यक्ष नरेन्द्र गौतमको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमकी प्रमुख अतिथि पुनर्वास नगरपालिका उप–प्रमुख भुलिया कुमारी राना रहनु भएको थियो। त्यस्तै विशिष्ट अतिथिका रूपमा निवर्तमान नगर प्रमुख जीवनराज थापा, वडाध्यक्षहरू डम्मर थापा,कृष्ण तामाङ,मनोज जैशी,पदम रोकाया तथा नगर शिक्षा शाखा प्रमुख शिवराज भट्ट लगायत विद्यालयका शिक्षकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

    Article inline ad #2

    प्रमुख अतिथि भुलिया कुमारी रानाले दीप प्रज्वलन तथा ब्यानर वाचन गर्दै फेस्टिवलको औपचारिक उद्घाटन गर्नुभएको थियो। त्यस अवसरमा सहभागी विद्यालयहरूले प्रस्तुत गरेको मार्चपासको निरीक्षण गर्दै उहाँले सलामी ग्रहण गर्नुभयो। उद्घाटन मन्तव्यका क्रममा उहाँले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा, सिर्जनशीलता,अनुशासन र नेतृत्व क्षमताको विकासमा केन्द्रित कार्यक्रमहरूको आवश्यकता औंल्याउनुभयो।कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै आयोजकले प्याब्सनले प्रत्येक वर्ष आयोजना गर्दै आएको यस फेस्टिवल १३औँ संस्करणसम्म निरन्तरता पाउनु आफैंमा गर्वको विषय भएको बताएका छन्। यसले निजी विद्यालयहरूबीच आपसी सहकार्य, स्वस्थ प्रतिस्पर्धा र मित्रता अभिवृद्धि गर्नुका साथै समग्र शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।

    कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै निवर्तमान नगर प्रमुख जीवनराज थापाले निजी विद्यालयहरूको खुलेर प्रशंसा गर्नुभयो। उहाँले निजी क्षेत्रको सहभागिताले शिक्षाको गुणस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यस्ता शैक्षिक महोत्सवहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

    1. फेस्टिवलअन्तर्गत आजदेखि विभिन्न शैक्षिक, सांस्कृतिक तथा खेलकुद गतिविधिहरू सञ्चालन हुनेछन्, जसबाट विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउने विश्वास लिइएको छ।प्याब्सन नगरस्तरीय १३ औँ प्याब्सन फेस्टिवल २०८२ को खेल संयोजकको जिम्मेवारी प्याब्सनका कोषाध्यक्ष हेम थापाले सम्हाल्नुभएको छ।

    कार्यक्रमको सुरुवात प्रभातफेरीसहित नगर परिक्रमा गर्दै गरिएको थियो। उद्घाटन समारोहमा पुनर्वास नगर प्याब्सन उपाध्यक्ष किशोर कुमार तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालनको जिम्मेवारी सचिव नरेन्द्र प्रेमीले निभाउनुभएको थियो। कार्यक्रममा उपस्थित विशिष्ट अतिथि तथा अतिथिगणहरूले सकारात्मक सुझावसहित फेस्टिवलको सफलताको शुभकामना व्यक्त गरेका थिए।

    उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुतीहरू देखाइएको थियो। उद्घाटन कार्यक्रम सम्पन्न भएसँगै फेस्टिवल अन्तर्गतका प्रतिस्पर्धात्मक खेलकुद प्रतियोगिताहरू भने औपचारिक रूपमा शनिबार बाट सुरु हुने आयोजकले जनाएको छ। पुनर्वास नगरमा आयोजना गरिएको यस फेस्टिवलले विद्यार्थी प्रतिभा उजागर गर्दै शिक्षा, संस्कृति र खेलकुदको समन्वयात्मक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6