Above Article Ad
  • बाजुराको गाउँमा बस सेवा सुरु

    Above Article Content Ad
  • बाजुरा-दुर्गम गाउँका स्थानीय अब आफ्नो घरआँगनमै बस चढ्न पाउन थालेपछि अत्यन्त खुसी भएका छन्। पहिले धनगढी, महेन्द्रनगर वा काठमाडौँ जानका लागि सदरमुकाम मार्तडी पुगेर बसको टिकट लिन उनलाई एक दिनसम्म पैदल यात्रा गर्नुपथ्र्यो। तर स्थानीय तहको पहल र समन्वयपछि कोल्टीबाट बस सञ्चालन सुरु भएपछि उनीहरूलाई ठूलो सहजता मिलेको हो।

    बुढीनन्दा नगरपालिका–७ सेरकाटियाका दलबहादुर विकका अनुसार पहिले बस चढ्नकै लागि लामो पैदल हिँड्नुपथ्र्यो, तर अहिले बस घरआँगनमै आउने भएकाले सेवा सुविधाजनक बनेको छ। उनले बर्खामा बाटो हिलाम्मे हुने, कतै पहिरो खस्ने र बस मार्तडीमै रोकिनु पर्ने समस्याले अझै चुनौती रहने बताउँदै सडक छिट्टै कालोपत्रे गर्न आग्रह गरेका छन्।

    Article inline ad #1
  • कोल्टीमा सडक पुगेको करिब २० वर्ष भए पनि बस सेवा सञ्चालन हुन सकेको थिएन। बुढीनन्दा नगरपालिकाका प्रमुख जनकबहादुर बोहोराका अनुसार २०८० सालमै बस व्यवसायी र सडक विभागसँग समन्वय भएपछि बस सञ्चालन सुरु गरिएको हो। बर्खामा पहिरोले सडक अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय अछामसँग समन्वय गरी डोजरले सफाइ गरेपछि बस सेवा पुनः सुचारु गरिएको उनले बताए।

    Article inline ad #2

    मार्तडी–कोल्टी सडक २०७६ असारमा ८५ करोड रुपैयाँमा कालोपत्रे गर्ने जिम्मा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बानियाँ कोटेश्वर जेभी हेटौँडाले लिए पनि काम निर्धारित समयमै पूरा हुन सकेको छैन। २०७८ असारमै काम सक्ने लक्ष्य भए पनि हालसम्म कालोपत्रे कार्य अधुरै छ। भौतिक पूर्वाधार विकास कार्यालय अछामका अनुसार यी ठेकेदार कम्पनीहरूले २६ करोडभन्दा बढी पहिलो किस्ता भुक्तानी भइसकेका छन् तर काम भने अलपत्र अवस्थामा छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6