Above Article Ad
  • सवारी साधनको ठक्करबाट एकको मृत्यु, दुई जनाघाइते

    Above Article Content Ad
  • जनकपुरधाम –धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    सबैलाबाट धनुषाधामतर्फ जाँदैगरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदैगरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराती ठक्कर दिदाँ मोटरसाइकल चालक धनुषाधाम नगरपालिका ७ निवासी २० बर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते धिरजलाई तत्काल उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएकोमा तत्काल चिकित्सकले मृत घोषणा गरेको हो ।

    Article inline ad #2

    सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार  १६ बर्षीय निरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका २ निवासी २० बर्षीय राकेश मण्डल घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

    घाईते मध्ये निरजको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइते दुबै जनाको जनकपुरधामस्थित योगी ट्रमा सेन्टर अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने बस र चालक धनुषाधाम नगरपालिका २ निवासी २२ बर्षीय नागेन्द्र महरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6