Above Article Ad
  • पुनर्वास–८ मा नेकपा एमालेबाट वडाध्यक्षका आठ आकांक्षी, को–को हुन् ?

    पुनर्वास नगरपालिका–३ मा वडाध्यक्षका लागि आईतबहादुर तामाङ्गलाई सर्वसम्मत गरेपनि पुनर्वासका अन्य १० वडामा दुई जना देखि आठ जना सम्म वडाध्यक्ष पदमा आकांक्षी देखिएको एमाले पुनर्वासका अध्यक्ष पदम पुजाराले जानकारी दिए ।

    Above Article Content Ad
  • पुनर्वास– बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमाले पार्टीलाई पनि सर्वसम्मत प्रतिनिधि चयन गर्न सकस देखिएको छ ।
    गत निर्वाचनमा देशभरमै पहिलो पार्टी बनेको नेकपा एमालेको पुनर्वासमा पनि एक वडा बाहेक अन्य वडाहरुमा प्रतिनिधिका आकांक्षी धेरै देखिएका छन् ।

    पुनर्वास नगरपालिका–३ मा वडाध्यक्षका लागि आईतबहादुर तामाङ्गलाई सर्वसम्मत गरेपनि पुनर्वासका अन्य १० वडामा दुई जना देखि आठ जना सम्म वडाध्यक्ष पदमा आकांक्षी देखिएको एमाले पुनर्वासका अध्यक्ष पदम पुजाराले जानकारी दिए ।

    Article inline ad #1
  • उनले बैशाख २ गते नगर कमिटिको बैठक बसी आकांक्षीहरुको नामावली जिल्लामा पठाईने बताए । पुनर्वास–८ मा अर्जुन केसी, बलबहादुर बिक, लाल प्रसाद घिमिरे, विष्णु प्रसाद अमगाई, करन वली र सुना मिजार वडाध्यक्ष पदका लागि आकांक्षी देखिएका छन् । भने, वडा सदस्य पदका लागि चन्द्रा सुनार, बाबुराम ढकाल, कालुराम नेपाली, लक्ष्मी बयाडी र हिक्मत सिँह दियालको दाबी देखिएको छ ।गत निर्वाचनमा सो वडाबाट नेपाली काँङ्ग्रेसका श्रवण राना पुरै प्यानल सहित विजयी भएका थिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • सम्पादक

    Share a little biographical information to fill out your profile. This may be shown publicly.
    Below Comments Ad
  • Back to top button