Above Article Ad
  • सुदूरपश्चिममा सबैभन्दा धेरै एचआइभी संक्रमित

    Above Article Content Ad
  • धनगढी-सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये सबैभन्दा धेरै एचआइभी संक्रमित गोदावरी नगरपालिकामा रहेको पाइएको छ। स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार गोदावरीमा हाल २ सय ९१ जना एचआइभी संक्रमित छन्, जुन प्रदेशकै सबैभन्दा उच्च संख्या हो।

    दोस्रोमा धनगढी उपमहानगरपालिका पर्छ, जहाँ २ सय ४४ जना संक्रमित रहेका छन्। प्रदेशभरि १ सयदेखि २ सय संक्रमित भएकाहरू ८ स्थानीय तहमा छन् भने ५१ देखि १ सय संक्रमित रहेका स्थानीय तह १२ वटा छन्। त्यस्तै २१ देखि ५१ संक्रमित रहेका स्थानीय तह १६ छन् । सुदूरपश्चिमका ६ स्थानीय तहमा भने एचआइभी संक्रमितको संख्या शून्य छ।

    स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा सबैभन्दा धेरै नयाँ एचआइभी संक्रमित कैलालीमा भेटिएका छन्। सो वर्षमा ७७ जना नयाँ संक्रमित थपिँदा कैलालीमा एचआइभी संक्रमितको कुल संख्या १ हजार ७ सय ४० पुगेको छ।

    Article inline ad #1
  • सबैभन्दा कम सङ्क्रमण दार्चुलामा रहेको छ, जहाँ सो वर्ष ६ जना नयाँ संक्रमित पहिचान भई कुल संक्रमित संख्या ५० पुगेको छ।कैलालीपछि दोस्रो सबैभन्दा बढी संक्रमितको संख्या अछाममा रहेको छ। गत वर्ष अछाममा ६ जना नयाँ संक्रमित थपिएकाले ५ सय ७० जना उपचाररत छन्।

    Article inline ad #2

    यस्तै, तराईका जिल्लामध्ये कञ्चनपुरमा ३३ जना नयाँ संक्रमित पहिचान भएसँगै कुल ४ सय ५५ जना उपचाररत रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by