
पुनर्वास नगरपालिका ११ मा बर्थिङ सेन्टरको उद्घाटन, अन्यत्र धाउनुपर्ने बाध्यता हट्यो
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० र ११ का महिला दिदीबहिनीहरूले अबदेखि सुत्केरी ९प्रसूति ० सेवाका लागि धनगढी धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। यश अघि बाहिर जानुपर्ने अवस्था रहेकोमा अब यी दुई वडाका महिलाहरूले सो सेवाको लागि धनगढी लगायत अन्य ठाउमा जान नपर्ने भएको छ ।

आज नगरपालिकाको वडा नम्बर ११ मा रहेको आधारभूत वडा स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ ।

गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीय महिलाहरूले सहज र नजिकमै स्वास्थ्य सेवा पाउने भएका हुन्। अब गर्भवती तथा प्रसूति पश्चातका महिलाहरूलाई नियमित जाँच, परामर्श लगायत सेवा वडामै प्राप्त गर्न सकिनेछ।

नगरपालिकाले यस सेवालाई अझ प्रभावकारी, सहज र विश्वासिलो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। स्थानीय तहबाट सुरु भएको यस्तो पहलले महिलाहरूको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।















