Above Article Ad
  • अछाम र बझाङमा समिट एयरको पुनः उडान हुने

    Above Article Content Ad
  • अछामः अछाम र बझाङमा समिट एयरको पुनः उडान हुने भएको छ। ६ महिनादेखि रोकिएको धनगढीदेखि अछाम र बझाङ हुने उडान पुनः सुचारू हुने भएको हो।

    गत दशैदेखि अछाम, बझाङको हवाई उडान नगरेको समिट एयरले यही जेठ १९ गतेदेखि उडान सुरु गर्ने जनाएको छ। जेठ १९ गतेदेखि नियमित उडान सुरु हुन लागेको समिट एयरका अछाम प्रतिनिधि टंक कुँवरले बताए। उनका अनुसार अबदेखि अछाम, बझाङ जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुनेछ। कुँवरका अनुसार प्रत्येक हप्ताको सोमवार र बिहीवार अछाम र बझाङ उडान गरिने छ।

    Article inline ad #1
  • सोमवार (१९ गते) धनगढी–अछाम र अछाम हुँदै नेपालगंज उडान भर्नेछ। विहिवार (२२ गते) भने धनगढी–अछाम र अछाम धनगढी उडान गर्ने कुँवरले जानकारी दिए। समिट एयरले धनगढी–अछाम र अछामदेखि नेपालगंजको भाडादर ४ हजार ५ सय कायम गरिएको कुँवरले बताए। अछाम प्रतिनिधिका लागि कुँवरलाई ९७४१७८४३९८ सम्पर्क गर्न सकिने बताइएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6