Above Article Ad
  • भारतमा १५ वर्ष लुके ससुराको हत्या गरी, हदम्याद सकिनैलाग्दा प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ

    Above Article Content Ad
  • काठमाडौं – २० वर्षअघि ससुराको हत्या गरी फरार भएका एक व्यक्तिलाई हदम्याद सकिन केही महिना बाँकीछँदा दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टरिगाउँ बस्दै आएका ३९ वर्षीय वीरबहादुर गुरुङ छन् ।

    रोचक त के छ भने १५ वर्षसम्म लुकिछिपी भारतमा बसेका उनी पाँच वर्षअघि दाङमै फर्किएर प्रहरीकै पोल्ट्रीफार्ममा काम गरिरहेका थिए । यो कुरा गोप्य सूचनाको आधारमा पत्ता लागेपछि २०८२ सालको वैशाख १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।

    Article inline ad #1
  • पेण्डिङमा थियो केस, साउनमा सकिँदै थियो हदम्याद

    इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीका अनुसार गुरुङको घर दाङ  तुलसीपुरको बरुवागाउँ हो । उनले आपसी विवादमा २०६२ साउन १४ गते तुलसीपुरकै अश्वारा घर भएका ससुरा काशीराम विकको हत्या गरेर श्रीमतीसहित फरार भएका थिए ।

    Article inline ad #2

    भारत गएर उनी कहिले लुधियाना र कहिले बहराइचमा बसे । ‘१५ वर्षसम्म भारतमा बसेका उनी त्यहाँ गाडी चलाउने काम गर्दथे । यसबीचमा लुकिछिपी दाङ आउने गरेका उनी पछिल्लो समय तुलसीपुरको टरिगाउँमा बस्दै आएका थिए ।

    पछिल्लोपटक दाङ आएका उनी शुभलक्ष्मी पोल्ट्री फार्मको गाडी चलाउने गर्दथे । यहाँनेर रोचक के छ भने त्यो पोल्ट्री फार्म एकजना प्रहरी हबल्दारका बुवाको थियो । जब उनको पोल खुल्यो, अनि पक्राउ परे ।

    ‘काशीराम विकको हत्याको यो केस पेण्डिङमा थियो,’ डीएसपी ठकुरीले भने, ‘कर्तव्य ज्यान मुद्दाको २० वर्षे हदम्याद साउनमा सकिँदै थियो । तर हत्यामा संलग्न बीरबहादुरलाई पक्राउ गर्न हामी सफल भएका छौं ।’

    उनले थपे, ‘हत्या भएको लामो समय भइसकेकाले सायद अब यो केस  मिलिसक्यो, मलाई केही हुँदैन भन्ने लाग्यो होला उसलाई, तर अपराधी केही दिन भागे पनि प्रहरीले उम्किन दिँदैन भन्ने उदाहरण हो यो ।’

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6