Above Article Ad
  • पुनर्वासमा सञ्चालित एनफा यु-१४छात्र/छात्रा फुटबल खेलाडी छनौट प्रतियोगिता सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास– जिल्ला फुटबल संघ कंचनपुरको आयोजनामा पुनर्वासमा सञ्चालित एनफा यु-१४छात्र/छात्रा फुटबल खेलाडी छनौट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।

    आज (शुक्रबार) प्रतियोगितामा छनौट भएका खेलाडीहरूलाई खेलको प्रमाणपत्र  बितरण गर्दै कार्तिक २५ गते देखि सञ्चालित खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको हो ।

    Article inline ad #1
  • कञ्चनपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष तथा संयोजक दाउत तामाङको सभापतित्व तथा
    पुनर्वास नगरपालिका-३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अतिथिमा फुटबल संघका सदस्य सुकबहादुर तामाङ, अस्थायी प्रहरी पोस्ट आई.बि.आर.डी.का प्रमुख प्रहरी सहायक निरीक्षक छत्रबहादुर साउँद, विभिन्न विद्यालयका शिक्षक लगायतका व्यक्तिहरू आसिन हुनुहुन्थ्यो ।

    Article inline ad #2

    पुनर्वास नगरपालिका भित्रका  सामुदायिक तथा संस्थागत १७ विद्यालयको सहभागिता रहेको र प्रतियोगितामा खेलाडीहरू पनि निकै उत्साही देखिएको कञ्चनपुर फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक दाउत तामाङले जानकारी दिनुभयो ।

    प्रतियोगितामा छात्र तर्फमा उत्कृष्ट प्रदर्शन गरेको कुल अंकको आधारमा
    पुनर्वास जनता माध्यमिक विद्यालयले प्रथम स्थान  र  उपविजेता जीवन ज्योति माध्यमिक विद्यालय भएको  थियो ।
    त्यस्तै,छात्रा तर्फमा  प्रथम स्थान सरस्वती माध्यमिक विद्यालय मोतीबस्ती र उपविजेता प्रीति गार्डेन बोर्डिङ स्कुल बीचफाँटा विद्यालय भएको थियो।

    कञ्चनपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष  तामाङले प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरूलाई खेलकुदमा सक्रिय रहन अनुरोध गर्नुभयो ।

    खेलकुदले अनुशासन, सहकार्य र आत्मविश्वास बढाउने भएकाले विद्यार्थी जीवनमा यसको ठूलो महत्त्व रहेको उपाध्यक्ष तामाङले बताउनुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6