बझाङमा कृत्रिम अभ्यास गर्दा डुबेर सशस्त्रका जवानको मृत्यु
Above Article Content Ad
बझाङ- बझाङमा कृत्रिम अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका-७ घर भएका सशस्त्र प्रहरी जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको हो ।
सोमबार बिहान सेती नदीमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेशन) गर्दा उनी डुबेर बेहोस भएका जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।
Article inline ad #1
त्यसपछि उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएका उनलाई अस्पतालले मृत घोषणा गरेको हो ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad