
भारत हैन नेपाली बजारमै जाउँ (मुक्तक)
Above Article Content Ad
स्थानीय बजार हाम्रो, त्यसमा निर्भर पर्दैनौं नि।
बसहीदेखि सामान ल्याउँछौं, आई.बी.आर. डि.लाई वास्ता गर्दैनौं नि।।
एक किलो चिनी लिन त्यहीँ बसही जाने गर्छौं ।
एसएसबीको तुच्छ व्यवहार अनि गाली खाने गर्छौं।।
Article inline ad #1
दुई–चार रुपैयाँ महँगो होला, आफ्नै बजार डुल्ने गरौं ।
भारतीय बजार जान छोडी आफ्नै बजारमा भुल्ने गरौं।।
Article inline ad #2
दुई–चार रुपैयाँ आय पनि नेपालीलाई फाइदा हुन्छ ।
बसही नाका बन्द भयो भने स्थानीय बजारलाई काइदा हुन्छ।।
अबबाट बसही होइन, नेपाली बजार छिर्ने गरौं ।
आई.बी.आर. डि. मै पाइने लोकल अनि अर्गानिक जेब्रा झोला भिर्ने गरौं।।
दसैं–तिहार आउन लाग्छ, भारत बजार न डुलौं है ।
देशको पैसा देशमै आउँछ, यो कुरा चैँ न भुलौ है ।।
अन्यौल बासु
पुनर्वास नगरपालिका-४, हाल युरोप
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1
Below Article Content Ad















