
अत्तरिया क्षेत्रमा मापसे चेकजाँचमा कडाइ, सडकमा आफैं खटिए एसपी कार्की
Above Article Content Ad
अत्तरिया -नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले अत्तरिया क्षेत्रमा दैनिक मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिएको छ ।
सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि ट्राफिक प्रहरीले बेलुका देखि राति अबेरसम्म गोदावरीका विभिन्न हाईवे क्षेत्रमा मापसे चेकजाँच गर्दै आएको हो ।
Article inline ad #1
ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की आफैं फिल्डमा खटिएर मापसे चेकजाँचसँगै ट्राफिक नियम उल्लङ्घन र लागूऔषधविरुद्धको निगरानीलाई समेत तीव्रता दिएका छन् ।
Article inline ad #2
प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै सम्भावित दुर्घटना तथा सडक सुरक्षा जोखिम न्यूनीकरणमा निगरानी बढाएको जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















