Above Article Ad
  • धनगढीमा युवतीमाथि जबरजस्ती करणी, प्रेमीसहित तीन आरोपी नियन्त्रणमा

    Above Article Content Ad
  • जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा २१ वर्षीय प्रदीप चन्दसहित १६ र १७ वर्षीय दुई किशोर रहेका छन्। उनीहरूलाई आइतबार पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गत जेठ २१ गते राति युवतीमाथि जबरजस्ती करणी भएको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएको थियो।

    Article inline ad #2

    जाहेरीपछि अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट प्रहरी नायब निरीक्षक चरणसिंह बुढाथापाको नेतृत्वमा खटिएको टोलीले आरोपितहरूलाई पक्राउ गरेको हो।

    प्रहरीले तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।

    पीडित युवतीको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना युवतीका प्रेमीसमेत रहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6