Above Article Ad
  • धनगढीमा ११ वर्षीय बालिका मृत अवस्थामा फेला

    Above Article Content Ad
  • धनगढी-धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की ११ वर्षीया बालिका सुचित्राको मृत्यु शंकास्पद रहेको परिवारले बताएको छ। धनगढीको  त्रिभुवन माविमा कक्षा ३ मा पढ्ने सुचित्राको शव असोज १० गते फेला परेको थियो।

    चटकपुर चक्रपथ नजिकै घर भएकी सुचित्रा ९ गते साँझ ४ बजेदेखि हराएकी थिइन।  सधैं साथीहरूसँग नजिकैको मोहना नदीमा पौडी खेल्न जाने सुचित्रा ९ गते भने कोसँग मोहना नदीमा गइन् भन्ने कुरा अहिलेसम्म खुलेको छैन।

    सुचित्राका बुवा रामभजन रानाको मिलनचोकमा कपडाको पसल छ। सधैं जस्तो रामभजन उनकी श्रीमती सीता राना र माइली छोरी असोज ९ गते पनि ८:३० मा घर पुगेका थिए। घरमा जेठी छोरी मात्रै थिइन्। कान्छी बहिनी ४ बजे घरबाट निस्केको र नआएको कुरा जेठी छोरीले आमाबुबालाई भनिन्। त्यसपछि छोरी खोज्न उनको साथीहरूको घरमा गएको तर कतै नभेट्टाएको रामभजनले बताए।

    Article inline ad #1
  • त्यो दिन रातभर गाउँ टोलमा छोरीको खोजी गरे पनि कतै फेला नपर्दा र कसैले देखेको कुरा समेत नगरेको रामभजनले बताए। सधैं आफ्ना साथीहरूसँग मात्रै नुहाउन मोहना नदीमा जाने छोरी ९ गते एक्लै गएको होला भन्ने कुरामा सीता रानालाई पटक्कै विश्वास लागेको छैन।
    ‘सुचित्राका साथीहरूलाई सोधपुछ गर्दा कसैले पनि त्यो दिन नुहाउन गएको बताएका छैनन्। छोरी साँझपख एक्लै मोहनामा नुहाउन गई होला भनेर मलाई विश्वास नै लागेको छैन,’ रुँदै आमा सीता रानाले भनिन्।

    Article inline ad #2

    रातभर खोजतलास गर्दा सुचित्राको अत्तोपत्तो नलागेपछि रामभजनले असोज १० गते बिहान जिल्ला प्रहरी कार्यालय कैलालीमा गएर छोरी हराएको जाहेरी दिएका थिए।  सोही दिन अपराह्न तीन बजे गाउँकै बच्चा नदीमा नुहाउन गएको र उनीहरूले नदीमा शव देखेको बताए छन्। गाउँलेहरूबाट सुचित्राको परिवारले नदीमा बालिकाको शव भएको कुरा सुने। त्यसपछि रामभजनका भाइ सागर रानाले गएर हेर्छन्।

    मोहना नदीमा, गौशाला भन्दा ५ सय मिटर तल पानीमा घोप्टो परेको अवस्थामा सुचित्राको शव फेला परेको रामभजनले बताए।

    सुचित्राको शव फेला परेको स्थान नजिकै मोहना किनारको तटबन्धमा उनको लुगा भेटिएको रामभजन बताउँछन्। शरीरमा कुनै लुगा नहुनु, सुचित्रालाई त्यो दिन कसैले नदेख्नु र कोही साथी समेत त्यो दिन नुहाउन गएको थाहा नलाग्नु आदि कुराले छोरीको मृत्यु शंकास्पद रहेको रामभजन बताउँछन्।

    अहिलेसम्म सुचित्राका कुनै पनि साथीले त्यो दिन नुहाउन गएको बताएका छैनन्। एक्लै नदीमा कहिले पनि नजाने छोरी त्यो दिन मात्रै कसरी गइन् भन्ने प्रश्नले रानाको परिवारलाई पिरोलिरहेको छ। राना परिवार पोष्टमार्टम रिपोर्टको प्रतीक्षामा छन्। पोष्टमार्टम रिपोर्टमा केही तथ्य खुल्छ कि भन्ने आशामा बसेको रामभजनले बताए।

    यता जिल्ला प्रहरी कार्यालयले भने घटनाको विषयमा अहिल्यै कुनै निष्कर्षमा नपुगेको जनाएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by