Above Article Ad
  • पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधी जीवन ज्योती माबिलाई

    Above Article Content Ad
  • पुनर्वास – पुनर्वासमा जारी नगर स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता सोमबार सम्पन्न भएको छ ।

    ४२ खेल भएको प्रतीयोगीतामा सबैभन्दा बढी २४ पदक जितेर जिबन ज्योती माबिले प्रतियोगीताको उपाधी हात परेको हो ।

    Article inline ad #1
  • सबैभन्दा धेरै १२ स्वर्ण पदक जित्न सफल जिबन ज्योती माबिले २ रजत र १० कास्य पदकमा समेत आफ्नो नाम लेखाउन सफल भएको हो । यस्तै २४ पदक नै जितेको पुनर्वास जनता माविले ९ स्वर्ण, ५ रजत र १० कास्य पदक जित्दै प्रतियोगीतामा दोस्रो बन्न सफल भएको छ ।

    Article inline ad #2

    यस्तै ५ स्वर्ण पदक सहित सरस्वती माबिले तेस्रो स्थान जित्न सफल भयो । सरस्वती माबिले ३ रजत र ५ कास्य सहित १३ पदकमा जित निकालेको छ । यता राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता आयोजना भएको बागीश्वरी माध्यामीक बिद्यालयले भने ११ पदकमा चित्त बुझाउनुपर्यो । बागीश्वरी माविले ४ स्वर्ण, २ रजत र ५ कास्य पदक जितेको छ ।

    ११ पदक नै जितेको राष्ट्रिय माबि अमरबस्तीले भने ३ स्वर्ण, ४ रजत र ४ कास्य पदक जितेको छ । दुर्गा माबिले २ स्वर्ण, ४ रजत र १ कास्य सहित ७ पदक जित्न सफल भएको छ । यस्तै गौरी शंकर माबि, जनकल्याण मावि, दुर्गा सेकेण्डरी इङलिस स्कुल, राष्ट्रिय माबि बिचफाँटा, विजय माबि, ब्रिलेण्ट स्टार बोर्डीङ स्कुल, ओरेण्ट इङलिस बोर्डीङ स्कुल र युगज्योती एकडेमीले एक–एक स्वर्ण पदक जितेका छन् ।
    सबैभन्दा बढी ६ रजत पदकमा गौरी शंकर माबिले जित निकालेको छ भने २ कास्य पदक जितेको छ । यता जनकल्याण माविले २ रजत र २ कास्य जित्दा, दुर्गा सेकेण्डरी इङलिस स्कुलले २ रजत पदक मात्रै जितेको छ । राष्ट्रिय माबि बिचफाँटा, विजय माबि, ब्रिलेण्ट स्टार बोर्डीङ स्कुल र ओरेण्ट इङलिस बोर्डीङ स्कुलले एक–एक रजत पदक जितेका छन् । यस्तै राष्ट्रिय माबि बिचफाँटा ३ कास्य पदक, विजय माबि २ कास्य पदक, ब्रिलेण्ट स्टार बोर्डीङ स्कुल, ओरेण्ट इङलिस बोर्डीङ स्कुल र युगज्योती एकडेमीले समान एक–एक कास्य पदक जित्न सफल भएका छन् ।

    पुनर्वास नगर स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीतामा नगर भित्रका सामुदायीक र संस्थागत गरी २५ विद्यालय सहभागी भएका थिए । जसमध्ये ११ विद्यालयले स्वर्ण पदक जित्न सकेनन् भने ४ बिद्यालय पदक बिहिन बने । प्रतियोगीतामा शान्ति माविले ३ रजत र १ कास्य गरी ४ पदक मात्रै जित्यो । यता एस.पि.एल. एकडेमीले २ रजत र १ कास्य जित्यो भने रामबुद्ध माबि र खप्तड बोर्डीङ स्कुलले समान एक–एक रजत पदक जित्न सफल भएका छन् । बालरुपान्तर बोर्डीङ स्कुल, सिद्धार्थ पब्लीक स्कुल र नबयुग बिद्या निकेतनले समान एक–एक कास्य पदक जितेका छन् ।

    नगर स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता समापन समारोहमा बिशिष्ट अतिथीको आसनबाट बोल्दै निबर्तमान नगरप्रमुख जीबनराज थापाले प्रतीयोगीताको समयमा मात्र नभइ अन्य समयमा पनी विद्यार्थीहरुलाई खेल खेलाउन आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय युवा विद्यार्थीहरु लागु औषध दुब्यवसनीमा बढ्दै गएको बताउदै खेलकुद मार्फत उनिहरुलाई जोगाउन सकिने उहाँले बताउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले सहभागी बिद्यालयलाई धन्यबाद ब्यक्त गर्नुभयो । उहाँले विजेता हुनुमात्रै ठुलो हुनु नभएको बताउदै सहभागी हुनु र सिक्न सिकाउन पाउनु ठुलो भएको बताउनुभयो । उहाँले नगर स्तर बाट जित निकाल्दै जिल्ला प्रदेश हुदै केन्द्रसम्म पुग्ने बिद्यार्थीहरुलाई सदैब सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । चार दिनसम्म चलेको प्रतियोगीतालाई सब्यभब्य रुपमा सफल पार्न सहयोग पुराउने सम्पुर्णमा उहाँले कृतज्ञता ब्यक्त गर्नुभयो ।

    यस्तै कार्यक्रमका सभापती नगर स्तरीय खेलकुद बिकास समितीका अध्यक्ष बल बहादुर तामाङले प्रतियोगीतमा पदक जित्ने बिद्याथीहरुलाई बधाइ संगै जिल्ला स्तरीय प्रतियोगीतामा जितका लागी शुभकामना ब्यक्त गर्नुभयो । उहाँले प्रतियोगीताबाट खेलाडीको मनोबल बृद्धी भएको बताउदै आगामी बर्षमा हुने कार्यक्रमा आजैबाट तयारी सुरु गर्न आग्रह समेत गर्नुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button