Above Article Ad
  • पुनर्वास नगरपालिकाद्वारा कैदीबन्दीलाई झुल वितरण

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिकाले कारागारमा रहेका कैदीबन्दीहरूका लागि झुल वितरण गरेको छ । नगरपालिकाले कैदीहरूलाई औँलो लगायतका सरुवा रोगबाट जोगाउनका लागि झुल वितरण गरेको जनाएको छ ।

    Article inline ad #1
  • कञ्चनपुरको जिल्ला कारागार रहेका कैदीबन्दीहरूलाई लक्षित गर्दै यो सहयोग प्रदान गरिएको पुनर्वास नगरपालिकाको नगर प्रवक्ता तथा वडाध्यक्ष तुलसी अर्यालले जानकारी दिनुभयो । कैदीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै पालिकाले नियमित रूपमा यस्ता सहयोग कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।

    Article inline ad #2

    झूल वितरण कार्यक्रममा बोल्दै पुनर्वास–८ का वडाध्यक्ष राना श्रवणले करिब ६४ हजार रुपैयाँ बराबरको १ सय थान झुल वितरण गरिएको बताउनुभयो । झुल वितरण कार्यक्रमले कैदीहरूलाई सुत्ने बेला लामखुट्टेको टोकाइबाट बचाउन सहयोग पुर्‍याउनेछ, जसले औँलो जस्ता रोगहरूबाट जोगिने सम्भावना बढाउने बताउनभयो ।झुल वितरण कार्यक्रममा पालिकाको प्रतिनिधि र कारागार प्रशासनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6