कंचनपुरको पुनर्वासमा सञ्चालित रामलिला महोत्सव सम्पन्न
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-२, मोतिबस्ती स्थित सरस्वती माध्यमिक बिधालयको खेलमैदानमा आयोजना गरिएको रामलिला महोत्सव सम्पन्न भएको छ ।
“सहभागी बनौं बैद्धिक सनातन धर्म संस्कृतिको जगेर्ना गरौँ ” भन्ने ध्ययेका साथ सरस्वती युवा क्लबद्वारा असोज २८ गते देखि आयोजना गरिएको रामलिला महोत्सव आईतबार सम्पन्न भएको हो ।
क्लबका उपाध्यक्ष बासुदेव रानाको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलिया कुमारी रानाको प्रमुख आतिथ्यता रहेको रामलिला महोत्सवमा नेकपा एमालेका नेता बिरबहादुर थापा र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्ल बिशिष्ट आतिथ्यमा आसिन हुनुभएको थियो । त्यस्तै अतिथीमा पुनर्वास-२ का वडाध्यक्ष डम्बर थापा, वडा सदस्य मनकामना शाही, निवर्तमान वडाध्यक्ष सन्तकुमार चौधरी लगायतका व्यक्तिहरु हुनुहुन्थ्यो ।
प्रमुख अतिथीको तर्फबाट बोल्नुहुदै नगर उपप्रमुख रानाले समाजमा थुप्रै बिकृतीहरु भईरहेको अवस्था छ । त्यस्ता विकृतीलाई हटाई सनातन धर्मलाई स्थायीत्व दिन रामलिला आयोजना गर्नुभएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले रामलिला धार्मिक कार्यक्रममा मेलमिलाप र सदभावको बर्णन गरिएको बताउदै कार्यक्रम पुर्ण सफलताको शुभकामना दिनुभएको थियो ।
त्यस्तै नेकपा एमालेका नेता तथा प्रदेस सभा सदस्य उम्मेदवार थापाले यस्ता धार्मिक कार्यक्रमले हिन्दुधर्मलाई संस्थापन र रक्षा गर्ने मात्रै नभई विकृतिबाट जोगाउन,समाजलाई सुधार्न यसले निकै टेवा पुर्याउने बताउनुभयो ।
उहाँले सदरमुकामबाट गाउँमा पुगी रामलिला महोत्सवबाट समाजमा हुने विकृतीलाई रोक्न र सदभाव बढाउनमा महत्वपूर्ण भुमिका निर्वाह गराउनुभएकोमा आयोजक टिम र रामलिला कलाकारहरुको टिमलाई हृदय देखि धन्यवाद दिनुभयो ।
भगवानका लिला, झाकी र भजन कृतन सहितका कार्यक्रम सञ्चालन भएको समापन कार्यक्रमलाई सञ्चालन आयोजक समितिका सचिव किसन चन्दले गर्नुभएको थियो ।