Above Article Ad
  • नवोदय जीवनशक्ति यूवा क्लबद्वारा पत्रकार सम्मेलन,बैशाख-२ बाट फुटबल हुने

    Above Article Content Ad
  • पुनर्वास – नवोदय जीवनशक्ति  यूवा क्लब पुनर्वास-९ सिताबस्तिले  नयाँ बर्ष २०८० को उपलक्ष्यमा खुल्ला पुरूष  फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
    सोमबार क्लबले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी गराएको हो ।

    क्लबका अध्यक्ष करन ऎडीले प्रथम नवोदय कप खुल्ला पुरूष फुटबल प्रतियोगिता आगामी बैसाख २ गतेदेखि प्याराताल युवा क्लबको खेलमैदानमा सञ्चालन गरिने उक्त फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफि सहित नगद १ लाख १० हजार १ सय १० , द्वितीय हुने उपविजेतालाई ट्रफि सहित नगद ५५ हजार ५० रूपैयाँ प्रदान गरिने जानकारी दिए ।

    Article inline ad #1
  • त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार उत्कृष्ट फरवार्ड लाई १० हजार , उत्कृष्ट गोल किपरलाई १० हजार पुरस्कृत गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गरिएको थियो ।
    २०६१ सालमा संस्था दर्ता भइसकेपछि यस क्षेत्रमा  फुटबल ,भलिबल र क्रिकेट लगायतका कार्यक्रम  र सामाजिक क्षेत्रमा समाजमा रहेका बेथिति, विकृती चेलीबेटी बेचविखन लगायत कार्यमा सशक्त आवाज उठाउदै विभिन्न सामाजिक कार्यमा समेत क्लब सहभागि हुदै आएको भएपनि पछिल्लो समय कोरोना भाईरस कोभिड (१९) को प्रभावले क्लबले कुनै पनि कार्यक्रम को आयोजना गर्न नसकेको दुखद घटना स्मरण सुनाउदै लामोसमय पश्चात पुन: फुटबल खेल प्रतियोगिताको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष ऎडीले बताए ।

    Article inline ad #2

    त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि तथा पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नरबहादुर बिकले खेलकुदका क्षेत्रमा विभिन्न खेलकुद आयोजना गरि खेलकुदबाट यहाँका युवा जनशक्तिको शारीरिक मानसिक तथा अनुशासनको विकासका निमित्त आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    सो पत्रकार सम्मेलन कार्यक्रममा प्याराताल युवा क्लबका अध्यक्ष हरिशर्मा जैसी , परोपकार समाजका सचिव ईश्वर बुढा,परोपकार युवा क्लबका सचिव प्रेम जैशी , पुनर्वास खेलकुद विकास समितिका प्रमुख प्रशिक्षक हिमाल मल्ल , नगरपालिका कर्मचारी संघ केन्द्रीय सदस्य ओमनाथ ढकाल लगायत कार्यक्रमका अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव शैलेन्द्र बिकले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button