Above Article Ad
  • सुरक्षित आप्रवासन प्रवर्द्धनका लागि पुनर्वासमा SaMi चौथो चरणको अभिमुखीकरण

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिकामा नगर रोजगार सेवा केन्द्र शाखाको आयोजनामा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमको चौथो चरणको कार्यान्वयन मोडालिटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उप–प्रमुख भुलिया कुमारी राना, ११ वटै वडाका वडाध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, पत्रकार, नागरिक सचेतक, बुद्धिजीवी तथा SaMi कार्यक्रम सहयोग इकाईका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    Article inline ad #1
  • कार्यक्रममा सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार प्रवर्द्धन गर्ने उद्देश्यसहित SaMi कार्यक्रमको चौथो चरणमा अवलम्बन गरिने कार्यान्वयन मोडालिटीबारे सहभागीहरूलाई विस्तृत रूपमा अभिमुखीकरण गराइएको थियो। सो अवसरमा वैदेशिक रोजगारसँग सम्बन्धित आर्थिक कल्याणकारी सेवाहरू, श्रमिक बीमा, वैदेशिक रोजगार कल्याणकारी कोष, विदेशमा अलपत्र परेका श्रमिकहरूको उद्धार तथा पुनःस्थापना, परामर्श सेवा लगायतका विविध विषयवस्तुमा जानकारी प्रदान गरिएको थियो।

    Article inline ad #2

    कार्यक्रममा SaMi कार्यक्रम सहयोग इकाईका प्रतिनिधि विष्णु अर्यालले सहजीकरणको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार नेपालमा प्रत्येक वर्ष सरदर करिब ५ लाखभन्दा बढी श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गर्दछ। हालसम्म नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेको संख्या ८६ लाख नाघिसकेको छ भने हाल दैनिक सरदर २,३०० जना नेपाली नागरिक वैदेशिक रोजगारका लागि विदेशिने गरेका छन्।

    त्यसैगरी पुनर्वास नगरपालिकाकी रोजगार संयोजक शुसीला देउबाले आर्थिक वर्ष २०८२ साल श्रावण १ गतेदेखि हालसम्म पुनर्वास नगरपालिकाबाट ५१ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क सार्वजनिक गर्दै स्थानीय तहबाट प्रवाह गरिने वैदेशिक रोजगारसम्बन्धी सेवाको अवस्थाबारे जानकारी गराउनुभयो।

    कार्यक्रमको समापन सत्रमा नगर प्रमुख तोय प्रसाद शर्माले सुरक्षित आप्रवासन SaMi कार्यक्रमले वैदेशिक रोजगारमा जाने नगरवासीहरूलाई सही सूचना, परामर्श तथा सहजीकरण प्रदान गर्दै जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,
    “वैदेशिक रोजगारमा जाने नागरिकलाई सुरक्षित, सूचित र मर्यादित बनाउनु हाम्रो साझा दायित्व हो। यसका लागि स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच सशक्त सहकार्य आवश्यक छ।”

    उहाँले आगामी दिनमा पुनर्वास नगरपालिकाले SaMi कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउँदै नागरिकको हितलाई केन्द्रमा राखेर कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

    अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले SaMi कार्यक्रमको चौथो चरणले पुनर्वास नगरपालिकामा सुरक्षित आप्रवासनलाई संस्थागत गर्न, वैदेशिक रोजगारसँग सम्बन्धित सेवा र सुविधाबारे साझा समझदारी विकास गर्न तथा स्थानीय तहको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

    कार्यक्रमको अन्त्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जारी गरिएको कार्यक्रम सञ्चालन मार्गदर्शन २०८२ अनुसार पुनर्वास नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन SaMi कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि कार्यक्रम कार्यान्वयन समिति गठन गरिएको** जानकारी गराइएको थियो। समितिले स्थानीय तहमा सुरक्षित, मर्यादित र सूचित वैदेशिक रोजगार प्रवर्द्धन गर्दै वैदेशिक रोजगारमा जाने तथा फर्किएका श्रमिकहरूको हकहित संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by