Above Article Ad
  • धनुषामा श्रीमान्–श्रीमती मृत फेला

    Above Article Content Ad
  • जनकपुरधाम -धनुषामा श्रीमान्–श्रीमती मृत फेला परेका छन् । मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा शव फेला परेको हो ।

    उनका श्रीमान् ३५ वर्षीय उमेश यादव पनि घरबाट करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। उमेशको घर मिथिला बिहारी नगरपालिका–४ भरतपुरमा रहेको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • प्रहरीका अनुसार उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी शुक्रबार मात्रै ससुराली पुगेका थिए ।

    Article inline ad #2

    मृतक दम्पतीका चार वर्षीय छोरा पनि घाइते अवस्थामा फेला परेका छन्। बालकको एउटा तिघ्रामा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ।

    धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताएका छन्। घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6