Above Article Ad
  • सुदूरपश्चिमबाट लागू औषध सहित ६ जना पक्राउ

    Above Article Content Ad
  • धनगढी –सुदूरपश्चिमबाट लागू औषध सहित ६ जना पक्राउ परेका छन । शुक्रबार कैलाली, कञ्चनपुर र डडेल्धुराबाट ३ जना पक्राउ परेका हुन ।

    कैलालीको घोडाघोडी नगरपालिका – १० पहलमानपुरबाट ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित सोही ठाउँका १९ वर्षीय शंकर भट्ट र १८ वर्षिय किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    भीमदत्त नगरपालिका – ११ गड्डाचौकी ७ नम्वर नजिकबाट ४।८६ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका ६ बस्ने ३१ वर्षीय राम धानुक पक्राउ परेका छन ।

    Article inline ad #1
  • बेदकोट नगरपालिका – ८ गाउजी अमर सामुदायीक बनको गेट नजिकबाट १८० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित भीदत्त नगरपालिका – ३ का २३ वर्षीय बिशाल बिष्टलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    Article inline ad #2

    बेलौरी नगरपालिका – १० स्थित ४ नम्बर किल्ला नजिकबाट १ ग्राम ४४० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित बेलडाँडी गाउँपालिका – १ सिद्धचोक बस्ने २६ वर्षीय मनोज सिंह डडाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6