Above Article Ad
  • कञ्चनपुरका वन अधिकृत ठाकुरमाथि कालोमोसो दलेर दुव्र्यवहार गर्ने समूहलाई वन पैदावार उद्योग व्यवसायीको कारवाही गर्न मागमाग

    Above Article Content Ad
  • महेन्द्रनगर – नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ र नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कञ्चनपुरले डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत राम विचारी ठाकुरमाथि कार्यकक्षमा कालोमोसो दलिएको घट्नाको निन्दा गर्दै कारवाही गर्न माग गरेको छ ।

    ,
    महासंघका केन्द्रीय सदस्य सिद्धराज पाण्डेय र महासंघ कञ्चनपुरका अध्यक्ष गजेन्द्र बिक्रम थापाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी वरिष्ठवन अधिकृत ठाकुरमाथि कालोमोसो दलेर दुव्र्यवहार गर्ने समूहलाई कारवाहीको माग गरेका हुन् ।
    ‘कर्तव्य पालनको सिलसिलामा आफ्नो जिम्मेवारी पालन गरि रहेको अवस्थामा एक्कासी अर्मादित हर्कत गरी कर्मचारीको मनोबल गिराउन, हतोत्साहित गर्न, आत्म सम्मान तथा प्रतिष्ठामा आँच पु¥याउने जस्ता अवाञ्छित अमानवीय र अपराधिक कार्य गर्ने जो कोही व्यक्ति भए पनि नियमानुसार कडा कारवाही गर्न सम्बन्धित पक्षसित जोडदार माग गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।

    Article inline ad #1
  • वरिष्ठ वन अधिकृत ठाकुरको कार्यकक्षमा सेवाग्राही भएर पसेको समूहले बिहीबार दिउँसो कार्यकक्षमा कालोमोसो दलेको थियो । कालोमोसो दल्ने क्रममा उनीहरुले खल्ला मुसेट्टीको विवाद हल गर्न नसकेको आरोप लगाएको ठाकुरले बताएका छन् ।
    वन पैदावार महासंघ र वन पैदावार संघ कञ्चनपुरले घट्नाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा उच्छृङखल व्यक्तिहरुले ठाकुरमाथि हातपात समेत गरेको उल्लेख गरिएको छ ।

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by