
कञ्चनपुरको पुनर्वासमा सडक किनारामा एकजना मृतक फेला
Above Article Content Ad
पुनर्वास-कञ्चनपुरको पुनर्वासमा सडक किनारामा लुगा खोलिएको अवस्थामा एकजना मृत भेटिएका छन्।
पुनर्वास-बेलौरी जोड्ने हुलाकी सडक खण्डसँगै जोडिएको ग्रिन बेल्ट किनारामा पहिचान नखुलेको एकजना पुरुष आज (शनिबार)साँझ करिब ५:३० मृत बजेतिर अवस्थामा फेला परेका हुन् ।
Article inline ad #1
सडक किनारामा एक्कासि स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । अहिले घटनास्थलमा प्रहरी पुगेर मृतकको सनाखत गर्ने कार्य भइरहेको स्थानीयहरूबाट बुझिएको छ।
Article inline ad #2
घटनास्थल हेर्दा मदिरा अत्याधिक सेवन गरेको हुन सक्ने अनुमान गरिएपनि बाँकी घटनाको कारण भने प्रहरी अनुसन्धानबाट खुल्ने पुनर्वास-३ का समाजसेवी मोलाम तामाङले जानकारी दिए।
त्यस्तै, पुनर्वासको डोके बजारबाट बिहिबार बेपत्ता एकजना पनि धनगढीमा मृत फेला परेका थिए ।

तस्बिर- मोलाम तामाङको फेसबुक वालबाट !
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1
Below Article Content Ad















