Above Article Ad
  • डोके बजारबाट बेपत्ता भएका पुनर्वासका गणेश गिरी धनगढीमा मृत फेला

    Above Article Content Ad
  • पुनर्वास-दुई दिनदेखि बेपत्ता कञ्चनपुरको पुनर्वास नगरपालिका ५ सिमरीका अन्दाजी ३३ वर्षीय गणेश गिरी मृत अवस्थामा फेला परेका छन्।

    भारतको मुम्बईबाट बिहीबार दिउँसो ३ बजे डोके बजार पुगेका गिरीलाई शुक्रबारदेखि खोजतलासी गरिरहँदा आज शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

    Article inline ad #1
  • उनी बिहिबार राती धनगढी उपमहानगरपालिका ३ विशालनगरको नाला नजिकै हिलाम्मे रूपमा अचेत अवस्थामा फेला परेका थिए। अचेत अवस्थामा रहेका गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लैजाने क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

    Article inline ad #2

    भारतबाट बिहिबार ३ बजे डोके बजार पुगेका गिरीसँगै रहेका अन्य तीनजना साथीले  डोके बजारमा रहेको कार्की होटलमा खाजा र मदिरा खाएको  पारिवारिक स्रोतबाट खुल्न आएको छ ।

    खाजा खाइसकेपछि गिरी बेपत्ता भएका थिए। साँझसम्म पनि घर नफर्किएपछि घरपरिवारले शुक्रबार बिहानैबाट उनको खोजी तलासी सुरु गरेको थियो। उनको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा खोजतलासीका लागि फोटोसहित हुलिया काटेको थियो।

    मृतक गिरीको पहिचान नखुलेपछि प्रहरीले शव सेती प्रादेशिक अस्पतालको शव गृहमा सुरक्षित राखेको थियो।अहिले मृतकका परिवारले शवको सनाखत गरी पोस्टमार्टमको प्रक्रियामा रहेको उनका आफन्त खगेन्द्र नाथले जानकारी दिए।

    मृतक गिरी तीन वर्षपछि भारतको मुम्बईबाट घर फर्कँदै थिए । उनका  एक छोरा र एक छोरी छन्।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    4
    +1
    2
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by