Above Article Ad
  • बैतडीमा उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सम्मानित

    Above Article Content Ad
  • बैतडीः बैतडीमा उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको छ।

    जिल्लाका १० ओटा स्थानीय तहका १० ओटा स्वास्थ्य संस्था र ६ जना स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको सूचना अधिकारी लेखकले बताए।

    Article inline ad #1
  • डिलाशैनीको प्रस्तावित आधारभूत अस्पताल, दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्यचौकी, सुर्नया गाउँपालिकाको भौनेली स्वास्थ्यचौकी, पुर्चौंडी नगरपालिकाको पुर्चौंडी हाट स्वास्थ्यचौकी, सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकी उत्कृष्ट स्वास्थ्य संस्थामा पर्न सफल भएका छन्।

    Article inline ad #2

    स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्डका आधारमा उत्कृष्ट स्वास्थ्य संस्था छनौट गरिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए। स्वास्थ्य संस्थाहरुको सुशासन व्यवस्थापन, उपचारात्मक सेवा व्यवस्थापन र सेवा प्रवाहको आधारमा उत्कृष्ट स्वास्थ्य संस्थाहरू छनौट गरी सम्मान गरिएको उनले बताए।

    यस्तै जिल्लाभरीका ६ जना स्वास्थ्यकर्मीहरूलाई पनि उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मान गरिएको छ।  डिलाशैनीको रुदे्रश्वर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी पुष्पाकुमारी बुढा, दोगडाकेदारको श्रीकोट स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी सरस्वती भट्ट,दशरथचन्द नगरपालिकाको थालिगडा स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी राजेश्वरी ऐरी, पुर्चौंडी नगरपालिकाको महादेवस्थान स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव गम्भीर धामी पाटन नगरपालिकाको कैलपाल स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव अधिकृत नरेशबहादुर चन्द र पाटन नगरपालिकाको सिद्धेश्वर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी निरीक्षक लक्ष्मी भट्ट उत्कृष्ट स्वास्थ्यकर्मीको रूपमा सम्मानित भएका छन्।

    स्वास्थ्यकर्मीहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए। स्वास्थ्यकर्मीहरुलाई आफ्नो कार्यक्षेत्रमा थप उर्जाका साथ काम गर्ने प्रेरणा र हौसला मिलोस भनेर सम्मान गरिएको सूचना अधिकारी लेखकले बताए।  स्वास्थ्य कार्यालय बैतडीले हरेक बर्ष उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्दै आएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by