Above Article Ad
  • राजनीति सँगै समाज सेवामा सक्रिय बनेका गोपी

    Above Article Content Ad
  • कञ्चनपुर । २०५३ सालमा नेविसंघबाट राजनीति यात्रा सुरु गरेका नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्याय राजनीति सँगै समाज सेवामा सक्रिय बनेका छन् ।

    २०५७ सालमा सिद्दनाथ बिज्ञान क्याम्पको  स्ववियू सभापति,नेपाल बिद्यार्थी संघ कञ्चनपुर अध्यक्ष हुँदै नेबिसंघ केन्द्रिय सदस्य एवं नेपाली कांग्रेस निर्वाचित जिल्ला सदस्य समेत रहेका उपाध्याय नेपाली काँग्रेसको १३ औँ र १४ औँ महाधिवेशनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट दुई पटक बहुमतका साथ क्षेत्रीय सभापतिमा विजयी भएका उपाध्याय असहाय गरिबी असक्तका लागि प्रेरणाका स्रोत बन्न थालेका छन् ।

    Article inline ad #1
  • राजनीतिबाटै जनताका हरेक समस्याको समाधान गर्न निरन्तर निस्वार्थ जनताको सेवामा लाग्नुपर्छ भन्ने भावनालाई आत्मसात् गर्दै निरन्तर अगाडि बढ्दै आइरहेका उपाध्यायले हालै २७ जना अशक्त व्यक्तिलाई निःशुल्क ह्वील चियर वितरण गरेका छन् ।कञ्चनपुरको बेलौरी नगरपालिका र पुनर्वास नगरपालिका भित्र रहेका बिभिन्न कारणले प्यारालाइसिस भएका २७ जना अशक्त व्यक्तिहरूलाई निःशुल्क ह्वील चियर वितरण गरिसकेको उपाध्यायले बताए ।

    Article inline ad #2

    ‘मैले अहिलेसम्म २७ जना अशक्त तथा अपाङ्गता भएका नागरिकहरूलाई ह्वील चियर वितरण गरिसकेको छु’  उनले भने, ‘राजनीति भनेको सेवा हो, जनताको पीडामा साथ दिने हो। जसरी म राजनीतिक सङ्गठनका दौरानमा गाउँ-गाउँमा जाने प्रस्थित बन्यो, त्यो प्रस्थितमा मैले यस्तै किसिमको चाहिँ अशक्त अपाङ्ग भएका हाम्रा दाजु भाइ दिदी बहिनीहरूको अवस्था देखिसकेपछि  मेरो मनमा एउटा चाहिँ केहि सेवा गर्नुपर्छ भन्ने भावना जाग्यो र मैले केहि व्यक्ति संघसंस्थाहरुसंग अनुरोध गरेर अहिले निःशुल्क रूपमा ह्वील चियर वितरण गरिरहेको हुँ ।’

    बर्षौ देखि बिस्तारामा रहेका अशक्त व्यक्तिहरूलाई केहि न केहि राहत पुगोस् भनेर अहिले बिभिन्न गाउँ-ठाउँका अशक्त व्यक्तिहरूलाई निःशुल्क ह्वील चियर वितरण गरिरहेको र यो अभियानलाई निरन्तर अघि बढाउने उनले बताए ।

    ‘यसरी जनताको घरदैलोमै पुगेर ती अशक्त दाजुभाइ दिदीबहिनीहरूको मुहारमा खुसी देख्न पाउनु नै मेरो लागि खुसीको कुरा हो’ उनले थपे, ‘जो बिस्तारामै जीवन काटिरहेका छन् । त्यसलाई सामान्य किसिमले भए पनि सम्बोधन गर्न भित्र बाहिर लैजान ह्वील चियरको माध्यमबाट सजिलो हुने किसिमको वातावरण भएको छ  यसले मलाई आत्म सन्तुष्टि पनि भएको छ र उहाँहरूलाई पनि सजिलो महसुस भएको छ भन्ने मैले विश्वस्त गरेको छु ।’

    यस्तै उनले बेलौरीको एक स्वास्थ्य चौकीलाई इसीजि मेसिन वितरण गरेका थिए । यसैगरी बिभिन्न क्लबहरूलाई खेल सामाग्री वितरण, वैदेशिक रोजगारीमा गई अलपत्र भएका केहि व्यक्तिहरूलाई समेत उद्धार गरिसकेको उपाध्यायले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6