Above Article Ad
  • पुनर्वासमा नेपाल दलित मुक्तिमोर्चा कमिटी गठन

    अध्यक्षमा मदन बिक चयन

    Above Article Content Ad
  •  

     पुनर्वास – नेपाल दलित मुक्ति मोर्चा प्रथम नगर भेला पुनर्वास मा सम्पन्न भएको छ भेलाले मदन बिक को अध्यक्षतामा ३३ सदस्यीय दलित मुक्ति मोर्चा नगर कमिटी गठन गरेको छ ।

    Article inline ad #1
  • नव गठित कमिटीको उपाध्यक्ष द्वयमा हरिकृष्ण ताम्राकार र पुर्णिामा राई परियार रहेका छन भने सचिव मा रबिन्द्र नकर्मि बिक तथा सहसचिव मा दिपेन्द्र सुनार र भरत नेपाली चयन भएका छन त्यसतै कोषाध्यक्षमा गोमा रसाइली चयन भएकि छन ।

    Article inline ad #2

    सम्पूर्ण उत्पिडित र दलित समुदाय एकजुट होऔं माक्सवाद – लेनिनवाद जिन्दावाद मुल नारा सहित नेपाल दलित मुक्तिमोर्चा पुनर्वास नगर कमिटी ले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी का केन्द्रीय सदस्य लोकेन्द्र लम्साल प्रमुख अतिथि रहेका थिए । भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य लम्सालले अब फुटपाथे राजनिती ले माओवादी पार्टी ले सफलता प्राप्ति गर्न असम्भव रहेको कुरामा जोड दिए , पार्टीको वडा देखि नगर अनि जिल्ला देखि केन्द्र सम्म संगठन निर्माण लाई तिब्रता दिनुपर्ने बिषयमा जोड दिंदै उनले माओवादी पार्टीको सफलता संगै सिङ्गो दलित बर्ग संघर्ष ले सफलता हासिल गर्ने जिकिर गरे । अझै पनि दलित समुदाय ढोका सम्म मात्रै पहुँच भएको टिप्पणी गर्दै दलित समुदाय ले परिवर्तन का लागि ढोकामा पुगेर सफल हुंदैन भान्छामा पुग्नै पर्ने साथै डाढुपन्यो को जिम्मेवारी लिनैपर्ने केन्द्रीय सदस्य लम्सालले विचार व्यक्त गरे ।

    कार्यक्रममा माओवादी केन्द्रीय सदस्य ओम प्रकाश पुन ले भेलालाई पार्टीको विचार सिद्धान्त तथा दलित आन्दोलन को महत्त्व का बिषयमा प्रशिक्षण दिंदै दलित बर्ग उत्थान का निमित्त सम्पूर्ण दलित एकजुट हुन जरुरी रहेको बताए । दलित बर्ग लाई दोहोरो चुनौती रहेको भन्दै एकातिर पार्टीको मुल सिद्धान्त , विचार मा आफुलाई समाहित गर्नुपर्ने चुनौती छ भने अर्कोतिर जातीय विभेद , छुवाछूत बिरूद्ध क्रान्ति गर्ने जिम्मेवारी बहन गर्नुपर्ने चुनौती रहेको छ । हिजोको सामन्तवादले हाम्रो गुमायर शोषण गरेको छ भने पछिल्लो समय पुञ्जीवाद बर्गले दलितलाई शोषण गरेको केन्द्रीय सदस्य पुनले प्रशिक्षणका क्रममा भने । कार्यक्रममा नेकपा माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सचिव सहबिर सुनारले १६५ संघिय निर्वाचन क्षेत्र मा पार्टी ले संगठन विस्तार गर्ने अभियान लाई तिब्रता दिएको छ ।

    वठा कमिटी देखि नगर कमिटी , जिल्ला कमिटी हुँदै प्रदेश कमिटी विस्तार गर्दै छ र पार्टी सुदृढीकरण कै क्रममा पार्टी ले विभिन्न जनवर्गीय संगठन लाई विस्तार गर्ने अभियान मा सक्रिय भएको सुनारले जानकारी दिए । कार्यक्रममा माओवादी केन्द्रीय लेखा आयग सल्लाहकार सदस्य बिरबल बिस्वकर्मा , सुदूरपश्चिम प्रदेश कमिटी सहसचिव रामबहादुर देवकर , प्रदेश कमिटी सदस्य दिपक बिसी , दलित मुक्तिमोर्चा केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज विनिता वड , प्रदेश कमिटी सदस्य सीता बिक , प्रदेश कमिटी सल्लाहकार सदस्य पदम परियार , पुनर्वास नगर कमिटी अध्यक्ष धोखे राना लगायतको उपस्थिति रहेको थियो ।

    दलित मुक्तिमोर्चा पुनर्वास नगर कमिटी अध्यक्ष मदन बिकको सभापतित्वमा भएको कार्यक्रम मा स्वागत नगर कमिटी सदस्य मान सिंह एस के ले गरेका थिए भने कार्यक्रम को सञ्चालन नगर कमिटी सचिव सुर्य बिकले गरेका थिए

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button