पुनर्वास फर्जी मत विवाद : मतदान अर्को मितिमा हुने गरी स्थगित
Above Article Content Ad
हरिलाल जोशी
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-१० विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादका कारण रोकिएको मतदान कार्य आजका लागि स्थगित भएको छ ।
फर्जी मतदाताबाट मतदान गरिएको भेटिएपछि दिउँसो बाह्र बजे विवाद चुलिएका कारण मतदान कार्य पुर्ण रुपमा रोकिएको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिनुभयो ।
Article inline ad #1
विवादपछि लामो समयसम्म सर्वदलीय बैठक मार्फत छलफल हुँदा आज मतदान कार्य नगर्ने निर्णयमा पुगेको उहाँको भनाई छ ।
Article inline ad #2
उहाँका अनुसार निर्वाचन पुनः हुनेकी नहुने विषय र कहिले हुने विषय एकिन नभएको निर्वाचन कार्यालयको निर्देशन अनुसार निर्वाचन अघि बढाईने बताउनुभयो ।
यस्तो छ सुचना !
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1
Below Article Content Ad