Above Article Ad
  • कञ्चनपुरबाट खैरो हेरोईनसहित एक पुरुष र महिला पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासी स्थित लागूऔषध (खैरो हेरोईन)को कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन ११ ग्राम सहित सोही नगरपालिका–११ घर भई हाल भीमदत्त नगरपालिका–४ भासी कोठा गरि बस्ने ३३ वर्षीय राजेश थापामगर र शुक्लाफाँटा नगरपालिका–१२ कालागौडी बस्ने ५३ वर्षकी सुनिया चौधरी पक्राउ परेका हुन्।

    Article inline ad #1
  • लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो राजेश थापामगरको कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित दुवै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6