
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते
Above Article Content Ad
कञ्चनपुर- कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटास्थित शुक्रराज टोलका ४० वर्षीय छक्कु डगौरा रहेका छन् ।
बुधबार राति साढे ९ बजेको समयमा शुक्रराज टोलमा आएको जङ्गली हात्ती भगाउने क्रममा डगौरालाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हात्तीको आक्रमणबाट डगौराको टाउको, अनुहार, छाती र हातमा चोट लागेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका डगौराको महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती बस्तीमा प्रवेश गरे नधपाउन र क्षति पुग्न गए विवरण सहित कार्यालयमा पठाउन आग्रह गरेको छ । जनावरबाट क्षति पुगेको विवरणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको निकुञ्जको कार्यालयलका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताएका छन्
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad


























