Above Article Ad
  • कञ्चनपुरको बेलौरी र पुनर्वास क्षेत्रमा कुण्डा सब–डिभिजन वन अन्तर्गत द्रुत प्रतिकार्य टोली परिचालन

    Above Article Content Ad
  • कञ्चनपुर-चाडपर्वका अवसरमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कञ्चनपुरको कुण्डा सब–डिभिजन वन कार्यालयअन्तर्गत द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरिएको छ।

    वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार टोली गठनको मुख्य उद्देश्य वन्यजन्तुको उद्धार, वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण, वन क्षेत्रको नियमित गस्ती, वन पैदावार चोरी निकासी रोकथाम र वन संरक्षणलाई प्रभावकारी बनाउनु रहेको छ।

    Article inline ad #1
  • चाडपर्वका बेला सामुदायिक वनका उपभोक्ता चाडपर्व मनाउने कार्यमा व्यस्त हुने भएकाले वन क्षेत्रमा चोरी–तस्करी र सिकारीजस्ता गतिविधि बढ्ने सम्भावना उच्च हुने भएकाले प्रतिकार्य टोली गठन गरी परिचालन गरिएको कार्यालय प्रमुख यादवले बताए।

    Article inline ad #2

    टोलीमा आठवटै सामुदायिक वनका पदाधिकारी तथा वन कार्यालयका कर्मचारी गरी १५ सदस्य सहभागी छन्। टोलीले दसैँ, तिहार, छठलगायत पर्वमा चौबिसै घण्टा सक्रिय रुपमा वन क्षेत्रमा गस्तीको कार्यलाई निरन्तरता दिनेछन्।

    “सामुदायिक वनका पदाधिकारी, कर्मचारी र सुरक्षाकर्मीबीच घनिष्ठ सहकार्य गरेर यसपालिको चाडपर्वमा वन क्षेत्र सुरक्षित गर्ने लक्ष्य राखिएको छ,” यादवले भने, “बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका आठ सामुदायिक वनमा टोली परिचालन गरिएको छ।”

    वन्यजन्तुको उद्धार, वन पैदावार र वन्यजन्तुको चोरी–सिकारी रोकथामका लागि जानकारी दिनका लागि कार्यालयको मोबाइल नम्बर २४ घण्टा खुला राखिने व्यवस्था मिलाइएको उनले बताए।

    “प्राप्त सूचनाका आधारमा टोली तत्काल (रात, दिनमा चौबिसै घण्टा) घटनास्थलमा परिचालन हुनेछ,” उनले भने, “टोलीका सदस्यले स्थानीय प्रहरी र समुदायसँग समन्वय गर्नेछन्।”

    यादवका अनुसार भारतसँगको सीमा नजिक भएकाले बेलौरी र पुनर्वास क्षेत्र अझ संवेदनशील मानिन्छ। यस कारण सीमापारि हुने अवैध गतिविधि रोक्न पनि टोलीलाई सक्रिय बनाइएको उनको भानई छ।

    “दुवै नगरपालिकामा हिंस्रक जनावर चितुवा, पाटेबाघ बेलाबेलामा देखापर्ने गरेका छन्, ती जनावरले स्थानीय बासिन्दालाई आक्रमण गरी घाइते बनाउने, घरपालुवा जनावरमा क्षति पुर्याउने समस्या रहेको छ”, उनले भने, “जङ्गली हात्तीको समस्या पनि उत्तिकै छ, मानव बस्तीमा अजिङ्गर पनि देखापर्ने गर्दछ। यी समस्या नियन्त्रण गर्न र घाइते जनावरको उद्धारमा सहयोग पुर्याउन टोलीले मद्दत पुर्याउने छ।”

    सामुदायिक वन उपभोक्ताहरुसँग बसेर छलफल गरी रणनीति बनाएर टोली औपचारिक रुपमा परिचालन गरिएको उनले बताए। स्थानीय उपभोक्ता समितिहरूले यस कार्यको स्वागत गरेका छन्। उपभोक्ता समितिका पदाधिकारीहरुले द्रुत प्रतिकार्य टोलीको सक्रियताले वन्यजन्तु संरक्षण र वन पैदावार चोरी–तस्करी नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6